Categories: बाल कथा

महिमा

शुक्रराज कुँवर
धरान १०

कक्षामा नेपाली विषयको पढाइ भइरहेको थियो । कक्षा शिक्षकले विद्यार्थीहरुलाई आफूलाई मन पर्ने नाम वाचक शब्द र मन पर्नुको कारण कालोपाटीमा लेख्न भने
पहिलो विद्यार्थीले लेख्यो – गुरु । किनकी गुरू ज्ञानका भण्डार हुन् , ज्ञानको ज्योती बालेर दिव्य प्रकाश छर्छन् ।
दोस्रो – डाक्टर । रोगीको प्राण रक्षा गर्ने डाक्टर जिउँदो देवता सरह हुन्छन् ।
तेस्रो – देशभक्त । देशलाई समुन्नत पार्न , देशलाई माया गर्ने देशभक्तको खाँचो पर्दछ ।
त्यसै गरि विद्यार्थीहरुले क्रमश: कसैले वकिल , कसैले इन्जिनियर ,कसैले राजनेता , कसैले कुशल प्रशासक ,कसैले साहित्यकार कसैले पत्रकार आदि इत्यादिको महिमा गाउँदै गर्वका साथ लेखे ।
र अन्तमा एउटा विद्यार्थीले सटिक ढङ्गले कालोपाटीमा सुन्दर शब्द लेख्यो – ” आमा ।”
र उसले अगाडि लेख्यो ती सबै महापुरुषको जन्म आमाकै कोखबाट हुन्छ । आमाको महिमा जति गाए पनि कम हुन्छ ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मध्यरातको त्यो सर्प

इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…

13 hours ago

आइसक्रिमका यादहरू

राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…

13 hours ago

“नानी गरिमा”

शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…

14 hours ago

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

2 days ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

2 days ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

2 days ago