“प्रिय शिक्षा”


डा छायादत्त न्यौपाने

शिक्षा शिक्षा शिक्षा आहा शिक्षा !!
सबैको प्रिय सबैका लागि प्रिय
हिजो प्रिय आज प्रिय
भाेलिकाे उज्यालो प्रिय
प्रतीक्षा प्रिय मान्छेहरूकाे प्रिय
समताकाे साइनो व्यवहारकाे चिनाे
परिवारको सुख जीवनकाे गति
मित्रमण्डलीकाे सहृदयी सामाजिक मूल्य
पहिचान माटोसँग रमाउने चेत
छिमेकी सद्भावयुक्त सङ्गति
सांस्कृतिक पुस्तान्तरण
प्रविधिमैत्री जीवनशैली
प्रकृतिको संरक्षण संवर्धन
सर्व प्राणीमैत्री परियोजना
उत्पादनप्रेमी श्रमशक्ति
समतामुखी विधि-व्यवहार
समाजसापेक्ष नैतिक आदर्श
अर्थाेपार्जनकाे नियमित अभ्यास
विज्ञानसम्मत जीवनपद्धति
मानवीय संवेदनाकाे कदर
ऐतिहासिक सम्पदाकाे जतन
निजत्वकाे विश्वव्यापीकरण
मौलिक परिचयकाे धनसार
कर्मयाेगी प्रवृत्तिमा विश्वास
सरल भावनात्मक नीति निर्देश
सहज व्यवहार सशक्त अनुशासन
सहअस्तित्वकाे वकालत
सबै उमेर समूहकाे सम चिनारी
सधैँ सबैको सर्वत्र सम्मान
अनन्त ज्ञानराशिकाे मुहान!
हिजो शिक्षा आजा शिक्षा
शिक्षाकै बाेलबाेला निरन्तर अभ्यास
नियमित शिक्षा उज्यालो भविष्यकाे
रमणीय दृश्य सार्थक जीवनकाे
अभिन्न अङ्ग सृष्टि सौर्न्दर्यकाे
नभत्किने जग गतिशील चेतनाकाे
अनुपम काेसेली समाज डाेर्‍याउने
बलियो धागाे प्रतिभाकाे उर्जावान्
शक्ति विचार भावना र नवीकरणकाे
वैज्ञानिक स्राेत सर्वप्रिय
साधनामुखी आर्जनकाे परिणाम
विभेदका खाडल सम्याउने सुदृढ शक्ति
शालीन प्रवृत्ति गम्भीर स्वभावकाे प्रतीक
अनुशासनको आग्लाे श्रमिक सौर्न्दर्यले
वितरण गर्दै आएको सुगन्ध!