
बिनोद प्रसाद ढकाल
इनरुवा,सुनसरी
एउटा गाउमा घनश्याम, बिन्दा र राम एउटै कक्षाका साथी हुन्छन । राम र बिन्दा एकअर्कामा हराइरहेका थिए।
“बिन्दा, तिमी बिना म अधुरो छु,” रामले भन्यो।
बिन्दा मुस्कुराइन्, “म पनि, राम।”
तर समयले मोड लियो—बिन्दाको विवाह घनश्यामसँग भयो।
एकदिन बिन्दाले पुरानो कापी भेटिन् । भित्र लेखिएको थियो— “राम, तिमीलाई माया गर्छु, तर बिन्दाको खुसी तिम्रो हातमा छैन—घनश्याम।”
बिन्दा अचम्ममा परिन् , “यो के हो?”
घनश्यामले शान्त स्वरमा भन्यो, “माया कहिलेकाहीँ पाउन होइन, जोगाउन हुन्छ।”
त्यस दिन बिन्दाले बुझिन्—उनको कथामा असली प्रेमीको थियो।





