
बिन्दु पौड्याल वस्ती
भरतघपुर -२, चितवन
“हैन, के हुँदै छ देशमा ?”
“देशलाई रामराज्य बनाउँछु भन्थे त पहिले पहिले ।” विष्णुशरणले भने ।
“धेरैले रामराज्य भनेको त सुन्छु । के हुन्छ र त्यस्तो रामराज्यमा ?” जिज्ञासाको भावमा शुभमले सोधे। सबैका लागि न्याय समान हुन्छ रे । शासक इमान्दार, कर्तव्यनिष्ठ र जनमुखी हुन्छन् रे । जनता सुखी, सुरक्षित र सन्तुष्टि हुन्छन् रे । धर्म, नैतिकता र करुणा शासनको आधार हुन्छ रे । मैले पनि अरूले भनेको सुनेको न हो। भोग्नै त कहाँ पाइएको थियो र । विष्णुचरणले भने।
छोरी र बुहारी आज पनि कतिपय सवालमा सम्मानपूर्वक बाँच्न पाएका छैनन् । अविवाहित छोरीलाई छोरासम्मान व्यवहार गर्न सकेका छैनन् । परिवारबाटै बहिष्कृत भएका घटनाहरू कति छन् कति ? देशको नागरिक देशभित्रै सुरक्षित हुनुपर्दैन ? धर्म, नैतिकता र करूणा शासनका आधार हुनुपर्ने हो तर यहाँ दिन दाहाडै छोरीबेटीहरू बलत्कृत हुनुपरेको छ । पवित्र मठमन्दिरमा रगतको खोलो बगेको छ। रामराज्यको आदर्श नमुना यस्तै हो त ? शुभमले भने।
तिमी पनि कस्तो कुरै नबुझ्ने। यदि राम राज्य भएको भए कसरी रावणजस्ता दुष्ट चरित्रको रजाइँ हुन्थ्यो त ?





