Categories: बाल कथा

“प्रेरणा”

तुलसी पण्डित

आमा आमा म फेसबुकमा भएको लघुकथा पढ्छु हैं । हैन के भनेको तिमीले ? तिमी भर्खर आठ कक्षामा पढ्दै छौ । तिम्रो काम भनेको किताब पढ्ने हो । तिमीले किताब भन्दा अरु बढी केही हेर्नु हुँदैन ।


आमा हामीले किताव ज्ञान मात्र हैन अरु ज्ञान पनि लिन सक्नु पर्छ । पत्रपत्रिका टेलिभिजन हेर्ने अबसर पाउनु पर्छ । यो बेला भनेको हाम्रो सिकाइ हो । हरेक पक्षको सिकाइले हामी सक्षम हुन्छौँ ।
तिमीले यस्ता वाहीयात कुरा नगर । यसले पढाइको एकाग्रतालाई भङ्ग गर्छ ।
हेर्नुहोस् आज मैले एउटा लघुकथा पढेको थिएँ । त्यस कथामा राम र श्याम दुई जना सँगै पढने साथी रहेछन् । राम खराब आचरणको थियो । ऊ कहिले पढ्दैनथ्यो । श्याम जतिखेर पनि पढी रहन्थ्यो । पछि गएर श्याम डाक्टर बन्न सफल भयो । रामले राम्रो संँग न पढेकोले साह्रै दुख पाएछ । आहा ! कति राम्रो कथा रहेछ ।
ल हेर्नुहोस् आमा मैले आज बाट सङ्कल्प गरे । भोलि सफल ब्यक्ति बन्न म आजै बाट मन लगाएर पढ्छु । न पढे मैले पनि रामले जस्तै दुःख पाउने छु ।
ओहो ! बच्चाहरुको आत्म प्रेरणाको लागि चौतर्फी ज्ञान दिनु अति आवश्यक रहेछ ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“झरी”

अम्बिका धिताल कालो यो मेघ गड्याङ र गुडुङ गगन ढाकेर पर्यो है झरी यो छातीभरि…

22 hours ago

“छोरी”

रेवतीरमण सापकोटा ओदालगढी, असम छोरीहरू मनोरम,कोमल कविता हुन्। छन्द-छन्दमा लयवद्ध प्रयासमा लेखिने शिखरिणी, मालिनी, शालिनी…

22 hours ago

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

2 days ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

2 days ago

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

4 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

4 days ago