अन्जु शर्मा
रातोपुल
“खाना खान छोडेर किन रोएकी?खाना सेलाइसक्यो।” सन्ती छोरीको कोठामा छिरिन। छोरी झन डाको छोडेर रून लागिन्।
“नानी किन रूएकी? उनी ८ बर्षकी छोरीलाई रूनको कारण सोध्न लागिन्। छोरी” कसैलाई नभन्ने हो भने भन्छु । घुक्कघुक्क गर्दै ओच्छ्यानमा पल्टिन।
सन्तीले सहमतिमा मुन्टो हल्लाइन छोरीले हिक्का छोड्दै भनिन् -” बाबाले धेरै दिन देखि घरमा खाना खानुभएको छैन । मात्रै काम काम भनेर हिड्नुहुन्छ । कम्सेकम आज शनिबार त हामी सँग खाना खानु पर्छ नि!”
अबोध छोरीका कुराले सन्तीका आँखा रसाए। मन कुँडियो। कसरी संझाउ बिगत केही दिन देखि च्यामेले ” तँ जस्ता छोरा पाउन नसक्ने आइमाईले छोएको खान्न भनेर ” झगडा गर्दै हिडेको कुरा।
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…
धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…