Categories: बाल गीत

“प्यारो मेरो देश”

घनश्याम रेग्मी

हिउँचुली अग्लिएको प्यारो मेरो देश
ढाँका टोपी चन्द्र सूर्य खुल्ने मेरो भेष।

मेरा अग्ला चुचुरा हुन् मन्दिरका छाना
खोला छाँगा गाउँदैछन् वीरताका गाना
यो देशको स्वाभिमान पौरखको सान
आमा तिमी नेपाल हाम्री सन्तान हौँ मान ।१। हिउँचुली,,,,

कागवेणी मुक्तिनाथ साझा धाम हाम्रा
गण्डकीको शालिग्राम शुद्ध बुद्ध हाम्रा
रारा फेवा वेगनाश तिलिचोको यात्रा
भृकुटी र सीता छोरी ढुकढुकी हाम्रा ।२। हिउँचुली….

कोशी काली वाग्मतीको सेरोफेरो मेरो
महाकाली कर्णालीको तीर्थ छैन फेरो
भावनामा जोडिएर बसौँ झन्डा मुनि
नेपालमै जन्म पाऊँ सयौँ जुनी जुनी ।३। हिउँचुली….

सारथि बाल पत्रिका

Recent Posts

“झरी”

अम्बिका धिताल कालो यो मेघ गड्याङ र गुडुङ गगन ढाकेर पर्यो है झरी यो छातीभरि…

22 hours ago

“छोरी”

रेवतीरमण सापकोटा ओदालगढी, असम छोरीहरू मनोरम,कोमल कविता हुन्। छन्द-छन्दमा लयवद्ध प्रयासमा लेखिने शिखरिणी, मालिनी, शालिनी…

23 hours ago

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

2 days ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

2 days ago

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

4 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

4 days ago