Categories: बाल कथा

प्रेरणा


तुलसी पण्डित

होइन के भयो तपाईँलाई ?
“यो छोरोलाई यसरी डगी रहने होइन क्या ।”
“पढ्पढ् भनेर भन्छु मान्ने होइन अनि म के गरौँ ?”
“यता सुन् म केही कुरा भन्छु ।”
“के कुरा हो ?”
एकदिन स्कूलमा मेडमले एक विद्यार्थीलाई भन्नु भयो ।
“बाबु यो चिठी ममीलाई लगेर देऊँ है ?”
“ममी ल हजुरलाई चिठी स्कूलबाट मेडमले पठाउनु भएको ।”
आमाले चिठी मन मनै पढेर मुस्कान छोड्नु भयो। छोरोलाई आश्चर्य लाग्यो। उसले सोध्यो।
“ममी त्यसमा के लेखेको रहेछ ?”
“तपाईँको छोराको तेज बुद्धि भएकोले उसलाई यहाँ पढाउन सक्ने कुनै शिक्षक छैनन् । त्यसैले अब तपाईँले नै आफैँ घरमा राखेर पढाउनु होला ?”
यो सुनेर छोरो अति खुशी भयो।
अनि के भयो त ?
त्यसपछि आमाले घरमा राखेर छोरालाई पढाउनु भयो । आमाको माया र निरन्तरको पढाइले ऊ एक सफल बैज्ञानिक भयो । जसले हामीले अहिले बाल्ने गरेको बिजुलीको चिमको आविष्कार गर्यो ।”
“अचम्म त्यस्तो व्यक्ति त्यस्तो भयो ।”
हो एकदिन त्यही व्यक्तिले कोठामा सरसफाइको क्रममा स्कूलमा मेडमले दिएको कागज फेला पार्यो । उसले त्यो कागज पढ्यो । जहाँ लेखिएको थियो।
“यो मन्द बुद्धि भएको तपाईँको छोरालाई हामी पढाउन सक्दैनौँ । अब तपाईँले नै आफ्नो घरमा राखेर पढाउनु होला ?”
उसका आँखाबाट तरक्क आँसु निस्कियो र सोच्यो।
“आफूलाई बनाउने त आमाको प्रेरणा पो रहेछ ।”
“ओहो आमाको प्रेरणा पाएर नै त्यो व्यक्ति महान बैज्ञानिक बन्न सफल भयो । आखिर को रहेछ त्यो ?” “थोमस जसले हजारौँ नयाँ आविष्कार गरेर हामीलाई ठूलो गुन लगाएका छन् ।”
“ओहो ! सन्तानलाई घृणा होइन माया र प्रेरणा पो दिनु पर्ने रहेछ है ।”

सारथि बाल पत्रिका

View Comments

  • Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

7 hours ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

7 hours ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

2 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

2 days ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

2 days ago

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

3 days ago