सन्दीप र अर्जुन childhood friends थिए। एउटै गाउँ, एउटै स्कूल, अनि एउटै सपना — ठूलो मान्छे बन्ने। स्कुल जान हिँड्दा बाटो भरि कुरा गर्थे, कहिले हाँस्थे, कहिले झगडा पनि गर्थे।
अर्जुनसँग पुरानो साइकल थियो। त्यो साइकलले उनीहरूको बाल्यकालका धेरै कथा बोकेको थियो।
कहिले त्यो साइकलमा स्कुल जान्थे, कहिले बगैँचामा आँप चोर्न जान्थे। साइकल चलाएको बेला अगाडि अर्जुन बस्थ्यो पछाडि सन्दीप।
एकदिन त्यो साइकल बिग्रियो। त्यस दिन अर्जुन उदास भयो। सन्दीपले भोलिपल्ट उसको घरमा आएर भन्यो,
“तँ साइकल नचलाउने भए पनि म तँलाई हिँडेर स्कुल लैजान्छु।” त्यस दिनदेखि उनीहरू कहिल्यै अलग भएनन्।
वर्षौँपछि, अर्जुन इन्जिनियर बन्यो र सन्दीप शिक्षक।
एकदिन अर्जुनले सन्दीपलाई उपहार दियो — एक नयाँ साइकल, जुनमा लेखिएको थियो: “तैले मलाई पुरानो साइकल बिना पनि अगाडि बढ्न सिकाएको थिइस्।”
यो कथाले के सिकाउँछ ?
साँचो साथी त्यो हो, जो तिमी कमजोर हुँदा पनि साथ छोड्दैन। पैसा, बाइक, मोबाइल त फेरिन्छ, तर साँचो मित्रता कहिल्यै पुरानो हुँदैन।
श्रोतः मनको कथा
शोभा कोइराला तातो हावा अतिशय भयो रोकिने छाँट छैन आषाढैको प्रथम दिनमै खोज्न केही हुँदैन…
मौसमी चंद्रा पटना बिहार गाउँको छेउमा एउटा सानो घर थियो, जहाँ मीरा बस्थी। ऊ सात…
प्रमाेद नेपाल "बाबा ! हजुरकाे र मेराे माेजा उस्तै ।" नातिनीकाे कुरा सुनेर धनबहादुर जिल्ल…
शान्ति भण्डारी दाहाल बुद्धनगर काठमाण्डौँ ऋतु र वर्षा दिदी भाइ थिए । ऋतुले भाइ वर्षालाई…
दुर्गा घिमिरे "बा निकै बिरामी हुनुहुन्छ। डाक्टरले तुरुन्तै अप्रेशन गर्नुपर्छ भनेका छन्। कम्तीमा पचास हजार…