Categories: बाल कथा

“पुरानो साइकल”

सन्दीप र अर्जुन childhood friends थिए। एउटै गाउँ, एउटै स्कूल, अनि एउटै सपना — ठूलो मान्छे बन्ने। स्कुल जान हिँड्दा बाटो भरि कुरा गर्थे, कहिले हाँस्थे, कहिले झगडा पनि गर्थे।
अर्जुनसँग पुरानो साइकल थियो। त्यो साइकलले उनीहरूको बाल्यकालका धेरै कथा बोकेको थियो।
कहिले त्यो साइकलमा स्कुल जान्थे, कहिले बगैँचामा आँप चोर्न जान्थे। साइकल चलाएको बेला अगाडि अर्जुन बस्थ्यो पछाडि सन्दीप।
एकदिन त्यो साइकल बिग्रियो। त्यस दिन अर्जुन उदास भयो। सन्दीपले भोलिपल्ट उसको घरमा आएर भन्यो,
“तँ साइकल नचलाउने भए पनि म तँलाई हिँडेर स्कुल लैजान्छु।” त्यस दिनदेखि उनीहरू कहिल्यै अलग भएनन्।
वर्षौँपछि, अर्जुन इन्जिनियर बन्यो र सन्दीप शिक्षक।
एकदिन अर्जुनले सन्दीपलाई उपहार दियो — एक नयाँ साइकल, जुनमा लेखिएको थियो: “तैले मलाई पुरानो साइकल बिना पनि अगाडि बढ्न सिकाएको थिइस्।”
यो कथाले के सिकाउँछ ?
साँचो साथी त्यो हो, जो तिमी कमजोर हुँदा पनि साथ छोड्दैन। पैसा, बाइक, मोबाइल त फेरिन्छ, तर साँचो मित्रता कहिल्यै पुरानो हुँदैन।

श्रोतः मनको कथा

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

9 hours ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

9 hours ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

2 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

2 days ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

2 days ago

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

3 days ago