Categories: बाल कथा

घन्टी


नन्दलाल आचार्य

“अब त त्यहाँ सुत्केरी सन्नाटा मात्रै छ नि !” ओजस्वीले काँधमा किताबको झोला झुन्ड्याएर स्कुल जान तरखर गरेको देख्दा बुबाले भने ।
“किन ? सबै बिरामी परेका होलान् ?” ओजस्वीका सचेत आँखामा पनि नैराश्यता छायो ।
उत्तर दिनु पर्ने हो तर मौन भइदिए बुबा । चिया सुरुपसुरुप पार्दै बाहिरको झ्यालबाट टोलतिर हेरे- यतिबेला पहिले यहाँ घन्टी बज्थ्यो, बालबालिकाको हर्षोल्लास सुनिन्थ्यो।
“शिक्षकहरू शहर गएका छन् रे शैक्षिक आन्दोलन गर्न ।” आमाले भान्साबाटै सुनाइन् ।
“आन्दोलन ?” ओजस्वी चकित भइन्, “विद्यालयमा पढाउने शिक्षकहरू सडकमा पढ्न जान्छन् त ?”
“पढ्न होइन नानी !” बुबाले नम्र स्वरमा भने, “इज्जतका साथ नीतिनियममा रहेर शैक्षिक क्रियाकलाप गर्ने वातावरणका लागि हिँडेका हुन् ।”
ओजस्वी भान्सातिर दौडेर गइन् र पुरानो झोला निकालिन् । त्यसमा ढुसी लागेको एउटा पुरानो पुस्तक राख्दै भनिन्, “उसो भए म पनि आन्दोलनमा जान्छु ।”
“किन ?” आमाले अचम्म मानिन्।
“विद्यालयको घन्टी फेरि बजोस् भनेर । मलाई त्यो घन्टी एकदम मन पर्छ, आमा ।”
एकछिन सबै जना चुप लागे । बुवाले टोलाउने शैलीमा भने, “अचेल स्कुलको घन्टी होइन, चेतावनीको साइरन मात्रै सुनिन्छ छोरी ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

2 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

2 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

2 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

1 day ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

1 day ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago