नन्दलाल आचार्य
“अब त त्यहाँ सुत्केरी सन्नाटा मात्रै छ नि !” ओजस्वीले काँधमा किताबको झोला झुन्ड्याएर स्कुल जान तरखर गरेको देख्दा बुबाले भने ।
“किन ? सबै बिरामी परेका होलान् ?” ओजस्वीका सचेत आँखामा पनि नैराश्यता छायो ।
उत्तर दिनु पर्ने हो तर मौन भइदिए बुबा । चिया सुरुपसुरुप पार्दै बाहिरको झ्यालबाट टोलतिर हेरे- यतिबेला पहिले यहाँ घन्टी बज्थ्यो, बालबालिकाको हर्षोल्लास सुनिन्थ्यो।
“शिक्षकहरू शहर गएका छन् रे शैक्षिक आन्दोलन गर्न ।” आमाले भान्साबाटै सुनाइन् ।
“आन्दोलन ?” ओजस्वी चकित भइन्, “विद्यालयमा पढाउने शिक्षकहरू सडकमा पढ्न जान्छन् त ?”
“पढ्न होइन नानी !” बुबाले नम्र स्वरमा भने, “इज्जतका साथ नीतिनियममा रहेर शैक्षिक क्रियाकलाप गर्ने वातावरणका लागि हिँडेका हुन् ।”
ओजस्वी भान्सातिर दौडेर गइन् र पुरानो झोला निकालिन् । त्यसमा ढुसी लागेको एउटा पुरानो पुस्तक राख्दै भनिन्, “उसो भए म पनि आन्दोलनमा जान्छु ।”
“किन ?” आमाले अचम्म मानिन्।
“विद्यालयको घन्टी फेरि बजोस् भनेर । मलाई त्यो घन्टी एकदम मन पर्छ, आमा ।”
एकछिन सबै जना चुप लागे । बुवाले टोलाउने शैलीमा भने, “अचेल स्कुलको घन्टी होइन, चेतावनीको साइरन मात्रै सुनिन्छ छोरी ।”
तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…