माहेश्वरी भट्ट
कञ्चनपुर
सानु, रमेश, अनि उनकी बहिनी जुनी होली खेल्न निकै उत्साहित थिए। उनीहरूले रंग, पिचकारी, र अबिरको तयारी गरे। चोकभरि बालबालिकाको हुल थियो। सबै एक-अर्कालाई रङ्ग लगाउँदै रमाइलो गर्दै थिए।
त्यसैबेला, छेउमै रहेको एक्लो रमेशलाई देखे, जो अलि शान्त थियो। सानुले सोधी, “तिमीले रङ्ग किन नखेलेको?”
रमेशले निधार खुम्च्याउँदै भन्यो, “आमा भन्छिन्, धेरै खर्च हुने चिज हामी खेल्न सक्दैनौँ।”
सानु र जुनीले एक-अर्कालाई हेरे अनि मुस्कुराए। उनीहरूले आफ्ना रङ्ग रमेशलाई दिए र भने, “रङ त साथीहरूसँग मिलेर खेल्दा पो असली मज्जा आउँछ त !”
रमेश खुसी हुँदै हातमा रंग लिएर सबैसँग खेल्न थाल्यो। त्यो दिन साँचै होलीको असली रङ्ग – खुसी, मित्रता, र माया फैलिएको थियो।
तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…