माहेश्वरी भट्ट
कञ्चनपुर
सानु, रमेश, अनि उनकी बहिनी जुनी होली खेल्न निकै उत्साहित थिए। उनीहरूले रंग, पिचकारी, र अबिरको तयारी गरे। चोकभरि बालबालिकाको हुल थियो। सबै एक-अर्कालाई रङ्ग लगाउँदै रमाइलो गर्दै थिए।
त्यसैबेला, छेउमै रहेको एक्लो रमेशलाई देखे, जो अलि शान्त थियो। सानुले सोधी, “तिमीले रङ्ग किन नखेलेको?”
रमेशले निधार खुम्च्याउँदै भन्यो, “आमा भन्छिन्, धेरै खर्च हुने चिज हामी खेल्न सक्दैनौँ।”
सानु र जुनीले एक-अर्कालाई हेरे अनि मुस्कुराए। उनीहरूले आफ्ना रङ्ग रमेशलाई दिए र भने, “रङ त साथीहरूसँग मिलेर खेल्दा पो असली मज्जा आउँछ त !”
रमेश खुसी हुँदै हातमा रंग लिएर सबैसँग खेल्न थाल्यो। त्यो दिन साँचै होलीको असली रङ्ग – खुसी, मित्रता, र माया फैलिएको थियो।
कृष्णशरण उपाध्याय पौडेल बाढी आइरहेछ गाउँ घरमा, चीत्कारमा देश छ गाना गाइरहेछ मृत्यु डरमा -…
इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…
राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…
शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…