मंजु अर्याल
हाल: टोरोन्टो, क्यानाडा
“हेर त्यस्तो राम्रो मान्छे!” परिवारलाई भेट्न आएको रमेशले दुख: ब्यक्त गर्दै भने।
“दाइ त आँखामा नबिझाउने हुनु हुन्थ्यो।” उनकी श्रीमतीले भनिन्।
“के मा चित्त पिरोलिरहेको रहेछ?” जिज्ञासा थपिन्।
“सबै फेसबुकमा कारण लेख्नु भएको छ रे। ” एकजनाले कानमै फुस्फुसाए। त्यहाँ आउने केहिले स्टाटस पढेर आएका थिए, भने कोही थाहा पाउना साथ आएका थिए र के कारण होला भन्दै एक अर्कालाई सोधिरहेका थिए।
“श्रीमतीलाई सार्है माया गर्दा रहेछन त्यहीं पनि लेखेका छन्। “छोराछोरीलाई पनि”त्यो घरमा यस्तो सम्बाद चलिरहेको थियो। अर्को कुनामा रेणु र उनका छोराछोरी रोइरहेका थिए। उनको दिमागमा बिहे भए देखि अहिले सम्मका यादहरु ताजा भएर आए। सम्झी सम्झी धेरै बेर रोईन। अन्तमा भनिन। “वहाँले माया गर्नु हुन्छ जस्तो लागेको थियो हैन रैछ ?”
सबैले उनीतिर आश्चर्यमा हेरे।”उहाँ सधैँ भोको हुनुहुन्थ्यो । घरमा सधैँ पुगेन। मैले पुर्याउन धेरै कोशिस गरेँ। तर व्यवहारले सकिन।” सलले आँशु पुछ्दै भनिन्।
“अमेरिका जस्तो ठाउँमा? कस्तो भोक?”
“अरुलाई त सहयोग गर्ने मान्छे।” भिडबाट आवाज आयो।
उनले भनिन्, “प्रशंसाको “।
इन्दु उपाध्याय हेलेम- मिसामारी, आसाम विद्यालयको घण्टी बज्नासाथ कक्षा नौका विद्यार्थीहरू आ-आफ्नो स्थानमा बसे। केही…
रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…
तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…