Categories: बाल कथा

“भोक”

मंजु अर्याल
हाल: टोरोन्टो, क्यानाडा

“हेर त्यस्तो राम्रो मान्छे!” परिवारलाई भेट्न आएको रमेशले दुख: ब्यक्त गर्दै भने।
“दाइ त आँखामा नबिझाउने हुनु हुन्थ्यो।” उनकी श्रीमतीले भनिन्।
“के मा चित्त पिरोलिरहेको रहेछ?” जिज्ञासा थपिन्।
“सबै फेसबुकमा कारण लेख्नु भएको छ रे। ” एकजनाले कानमै फुस्फुसाए। त्यहाँ आउने केहिले स्टाटस पढेर आएका थिए, भने कोही थाहा पाउना साथ आएका थिए र के कारण होला भन्दै एक अर्कालाई सोधिरहेका थिए।
“श्रीमतीलाई सार्है माया गर्दा रहेछन त्यहीं पनि लेखेका छन्। “छोराछोरीलाई पनि”त्यो घरमा यस्तो सम्बाद चलिरहेको थियो। अर्को कुनामा रेणु र उनका छोराछोरी रोइरहेका थिए। उनको दिमागमा बिहे भए देखि अहिले सम्मका यादहरु ताजा भएर आए। सम्झी सम्झी धेरै बेर रोईन। अन्तमा भनिन। “वहाँले माया गर्नु हुन्छ जस्तो लागेको थियो हैन रैछ ?”
सबैले उनीतिर आश्चर्यमा हेरे।”उहाँ सधैँ भोको हुनुहुन्थ्यो । घरमा सधैँ पुगेन। मैले पुर्याउन धेरै कोशिस गरेँ। तर व्यवहारले सकिन।” सलले आँशु पुछ्दै भनिन्।
“अमेरिका जस्तो ठाउँमा? कस्तो भोक?”
“अरुलाई त सहयोग गर्ने मान्छे।” भिडबाट आवाज आयो।
उनले भनिन्, “प्रशंसाको “।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“धन्यवाद”

पुण्यप्रसाद घिमिरे धन्यवाद धन्यवाद धन्यवाद सबैलाई धन्यवाद हावापानी घामजून सबैलाई धन्यवाद। धन्यवाद बाबा आमा, जन्म…

16 hours ago

विष

सुमन कडरिया चितवन “बुबा ! आज मानिसहरूले साच्चै नै हामीलाई भगवान् मानेर पूजा गर्छन् रे…

17 hours ago

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

2 days ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

2 days ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

4 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

4 days ago