खगेन्द्र बस्याल
“बा मैले A+ ल्याएँ नि एस इ इ परीक्षाको नतिजामा।साथीहरू एवम् छिमेकीलाई बाँड्न लड्डु किन्न मलाई आवश्यक रुपैयाँ दिनुस् त।”सरिताले खुशी हुँदै बाबुको हात समाउँदै भनिन् ।
उनका बाबुले छोरीलाई हेरेर टोलाइ रहे। न रुपैयाँ नै खल्तीबाट झिके।
सरिताकी आमाले झर्कदै बोलिन् ” पैसा निकाल्न पर्यो सोचेर खुशी नभएको देखिन सक्ने कस्तो बाबू हो तपाईं । ला छोरी दुई हजार जति आवश्यक पर्छ मिठाई किनेर बाँड ।”
उनलेे भने” बढी बाठी हुनुपर्दैन। माया नभएको भए हरेक बिषयमा टयुसन पढाउने थिएँ त। अतिरिक्त पाठ्य सामाग्री , मन लागेका कपडा किन्न र शैक्षिक भ्रमण गर्न छोरीले दुई पटक शब्द खर्च गर्नु परेको थिएन । त्यसै आफ्नो बलले मात्रै A+ आएको हो र!”
सरिताको आमाले भनिन्, ” तपाईँले भन्न खोजेको कुरा स्पष्ट भएन नि!”
उनलेे छोरी तिर फर्केर भने,”आफ्नो बानी व्यवहारमा सोही नतिजा रहेको चालचलन प्रस्तुत नगरेसम्म केवल शैक्षिक प्रमाणपत्रको A+ हरेर मात्रै मख्ख पर्न सकिन्छ त ? अनि म कसरी खुशी भएर दुःख गरेर कमाएको पैसा सजिलोसँग झिकुँ !”
इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…
राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…
शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…