Categories: बाल कथा

फुर्सद

धनसिंह विश्व
गेजिङ, प० सिक्किम

“बुवा! ढोग गरेँ है। आज हामी घर आउदैछौँ । नानीहरुको एक सप्ताहलाई स्कूल बन्द भयो। पानी ज्यादै परेर होला हामी दुबैको पनि दुई चार दिन छुट्टी छ । सर-सौदाह केही लिएर आउनु पर्छ कि?” बुहारीले बिहानै फोनमा सोधिन्।
“केही ल्याउनु पर्दैन बुहारी। केटाकेटी लिएर आए भैहाल्छ । नहेरेको पनि धेरै भएथ्यो। अलिक समय राखेर आउनु। पानी पर्दै होला बाटो कस्तो छ। अलिक ख्याल राखेर आउनु ?” मैले भनेँ।
मनमा ख़ुशी हुँदै सोच्न थालेँ । बर्खाको बाटो शहरबाट आउन पुरै चार पाँच घण्टा लाग्छ। पोहोर साल सन्तोषकी आमाको बर्षाको श्राद्ध गरेर शहर हिँडेका, बल्ल छुट्टी मिलेछ।
ओहो ! बेलुका आएर तरकारी के खालान्? ल है ! घर पनि मैला छ। हिजो देखिनको भाँडा पनि माझेको छुईन। भरे बुहारी रिसाउँछिन् होली। एक्लो भएपछि यस्तै त हो। अब गफाडी नाति नातिनी आउने भए। मेरो कथा नसुनी सुत्नै मान्दैनन्। अब रमाइलो हुने भयो।
मन मनमा खुसीको रहरहरु बटुल्दै हतार भाँडा बर्तन, घर आँगन सफा गरेर बाटो हेर्दै बसी रहेँ। बेलुका चारैजना छिटै आइपुगे।
छोरा बुहारीले मलाई एउटा छाता र लौरो ल्याइदिएको रहेछन। टाढा बाटोमा सफर गरेर आएका थाके होलान्। गफ गर्ने कसैले बिचारै गरेनन्। म पनि गएर सुतेँ।
आधारातमा निकै हो हल्ला छ । को होलान् भनेर कान थापेर सुने। निद्रा खल्बलियो, बिस्तारै उठेर हेरे। चारैजना आ-आफ्नो मेबाइलमा मस्त रहेछन्।
एक सप्ताहमा पनि दुई शब्द बोल्ने फुर्सद कसैलाई मिलेन। छोरा बुहारीलाई बिदा दिँदै मैले भनेँ “अब आउँदा यो मोवाइल शहर मैं छाडेर आउने।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बाढीको पाठ

लक्ष्मी रिजाल पहिले गाउँलेहरू नदीसँग रिसाएका थिए । हरेक वर्ष बर्खा लागेपछि नदी उर्लन्थ्यो, खेत…

8 hours ago

कृष्ण भक्ति गान

विके माकजु भक्तपुर नखाऊ गाल न चोर मखन ओ! बाल गोपाल मन सम्हाल झर्ला पर्ला…

8 hours ago

प्रकृतिको कहालीलाग्दो उपहार

शोभा कोइराला कस्तो आपत भोग्नु पर्दछ हरे प्राणीहरूले यहाँ पीडा यो यति खप्नुपर्छ किन हो…

8 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो। विएलइको परीक्षा नजिकिएको…

1 day ago

“मख्ख पार्छन् मलाई”

इन्दिरा प्रयास डुल्दै आएँ अलि दिन बसूँ हर्ष मान्दै धरामा साथी जाेड्दै हृदयतलका सम्झनाका गरामा…

1 day ago

“झुट बोल्दैनौँ”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर ६, दोलखा हामी खुशी छौँ हामी ज्ञानी छौँ सबैका प्यारा, बाबु नानी…

2 days ago