Categories: कविता

“सानाे मान्छे”

पुण्यप्रसाद घिमिरे
बैत्यश्वर-६, दाेलखा

भाेक लागि राेएँभने, खाना पकाउने,
लाै पाक्याे पाक्याे खाना, भन्दै फकाउने।
नून लाग्याे लागेन, तिउन चखाउने,
गृहकार्य नसकेमा, सबले सघाउने।

काेरिबाटी चट्टपारी, स्कुल पठाउने,
तर्सी कराई डराए, दादा बचाउने ।
सानाे मान्छे लड्लाभनी, हात समाउने,
मायाँ गरी पढाएमा, म त रमाउने।

नजानेमा गुरूहरू, अर्थ खाेलाउने,
कान्छा कान्छी मायाले, मलाई बाेलाउने।
धन्य धन्य सबैजना, अघि बढाउने,
मैले राम्राे काम गरे, ताली बजाउने।

सारथि बाल पत्रिका

Recent Posts

बाढीको पाठ

लक्ष्मी रिजाल पहिले गाउँलेहरू नदीसँग रिसाएका थिए । हरेक वर्ष बर्खा लागेपछि नदी उर्लन्थ्यो, खेत…

8 hours ago

कृष्ण भक्ति गान

विके माकजु भक्तपुर नखाऊ गाल न चोर मखन ओ! बाल गोपाल मन सम्हाल झर्ला पर्ला…

9 hours ago

प्रकृतिको कहालीलाग्दो उपहार

शोभा कोइराला कस्तो आपत भोग्नु पर्दछ हरे प्राणीहरूले यहाँ पीडा यो यति खप्नुपर्छ किन हो…

9 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो। विएलइको परीक्षा नजिकिएको…

1 day ago

“मख्ख पार्छन् मलाई”

इन्दिरा प्रयास डुल्दै आएँ अलि दिन बसूँ हर्ष मान्दै धरामा साथी जाेड्दै हृदयतलका सम्झनाका गरामा…

1 day ago

“झुट बोल्दैनौँ”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर ६, दोलखा हामी खुशी छौँ हामी ज्ञानी छौँ सबैका प्यारा, बाबु नानी…

2 days ago