Categories: कविता

“फुल्छन् यहीँ केसरी”

देव भट्टराई

बज्दैनन् मुरली मृदङ्ग सनही घन्किन्न त्यो मादल ।
ती रोधीघरका दलान छिँडिमा लाग्दैगयो बादल ॥
लाग्छन् आज उजाड गाउँघर ती एकान्त बस्तीसरि ॥
त्यो आनन्द प्रभास रौनक पुन: फर्किन्छ खै के गरी ?

जन्तीभोज विकारिदै शहरमा पार्टी भयो बारमा ।
झर्केथाल तथा दुना र टपरी झार्यौं कुने थालमा ॥
बाजा लोप भए अमोल गरिमा पञ्चे तथा नौमती ।
भाषा संस्कृति धर्म नष्ट गरिए हाम्रो हुने के गति ?

जिग्रीयार रुँदैरुँदै हिँडिगयो खाडी मलायातिर ।
कान्छोभाइ युरोपका शहरमा लेख्दैछ ऊ तग्दिर ॥
आउन्नन् अब चाडपर्व गतिला आनन्द उल्लासका ।
धाउन्नन् मधुमास बाग वनमा नेपाल आकाशमा ॥

खोजी ऐस बसाइँ सर्न कसिए बाँकी बचेकाहरू ।
केही खान पुग्यो धनाढ्य दरिए बिर्सी गए आबरू॥
बन्दैछन् प्रतिवर्ष खण्डहरझैँ पाटी र पौवाहरू ।
देखिन्छन् सुनसान मानिसविना भन्ज्याङ नागीहरू ॥

मीठो गान सुनाउँदैन दिलले एक्लो भई कोइली ।
डाको छोड्छ बिहान साँझ जहिल्यै रोएर त्यो न्याउली ॥
गैरीखेत असारमास बँझियो पाएन कोही हली ।
बिर्खे जान्छु कतार भन्छ बिचरो ! चाँडै बनोस् ऊ धनी ॥

बूढा, बालक मात्र छन् अब कहीं छैनन् मलामीधरि ।
एकाएक बिलासिए नवयुवा फर्काउने के गरी ?
आफ्नै देश प्रदेश गाउँघरमा उद्योगधन्दा गरी ।
पारौं जीवन धन्यधान्य सुकिला फुल्छन् यहीं केसरी ॥

सारथि बाल पत्रिका

Recent Posts

“असार”

देव भट्टराई आयो असार महिना खुश छन् किसान। फर्केर आउँछ भनी सुखको बिहान॥ बेकार राख्छ…

9 hours ago

परिवर्तनको सुरुवात

इन्दु उपाध्याय हेलेम- मिसामारी, आसाम विद्यालयको घण्टी बज्नासाथ कक्षा नौका विद्यार्थीहरू आ-आफ्नो स्थानमा बसे। केही…

9 hours ago

हिसाब

महेन्द्र चालिसे “विकल निवास” आरुबारी, काठमाडौं बाबाले जीवनभर खेत जोते, बिरामी पर्दा आमाले रातभर जागेर…

1 day ago

असारको पन्ध्र

रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…

1 day ago

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

2 days ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

2 days ago