देवी त्रिपाठी
पोखरा
हजुरहरु सुन्नुहुन्न मेरो कुरा किन?
हाम्ले सेल नखाएको भयो धेरै दिन
मलाई साह्रै खान मन लाग्यो आमाबाबा
खै कहिले पकाइदिनु हुन्छ सेलपापा?
अगेनामा दाउरा चाहियो! तेल,कराइ, पिठो
सेल पकाउने सामान तयार पार्नु पर्यो छिटो
पिठो पिन्नु बाबाले – आमा आगो बाल्नु
कराहीमा तेल हाली सेल पकाउन थाल्नु।
पिठो पनि तयार भयो घ्यु-चिनी हालेर
थाहै नपाइ मुखमा पानी आयो कतिखेर
हातले पिठो घुमाउदा झ्वाँइयँ पर्यो तेल
हाम्रो घरमा पाक्यो आज कत्ति मीठो सेल।
रिङ जस्तै गोलो मोटो कत्ति ठूलो सेल
खाएँ आज मैले पनि मन लागिन्जेल
खान मन लाग्दा पर्छ आमालाई फकाउन
मैले पनि सिक्छु अब सेलपापा पकाउन।
केशवमान सिंह बस्नेत कपाल कोर्नुस् 'लगाउनुस् ,जुत्ता मोजा नाना तयार हुनुस् ,झोला बोक्नुस , दिदी…
कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा कल्कल बग्ने हिमाली नदी सुन्दर महान मिलेर बस्छौँ…
प्रेम वली ढकलपुरे दाङ, हाल काठमाडौं क्या जमाना आयो अब एआइेको गयो जमाना हामी तपाईंको।…