Categories: कविता

“फूलको प्रश्न”

कृष्ण बाउसे

सुगन्ध छरिरहेको हुन्थेँ ।
माटोमा झर्न पाएको भए
नयाँ बिरुवा बनेर
फेरि फुलिरहेको हुन्थेँ ।

भर्भराउँदो यौवनको मिठास लिन नपाउँदै
टिपेर मन्दिरमा पुर्यायौ
र हुर्यायौ मूर्तिको पाउमा मलाई ।
‘कसैका देवता खुसी हुन्छन् भने ठिकै छ’
भनेर सहिदिएँ ।

माला बनाउने भन्दै
धागोसहितको तीखो सियोले मुटुमै घोच्यौ
र बन्दी बनायौ मलाई ।
‘कसैको खुसीको लागि पीडा सहनु पनि धर्मै हो’
भनेर सहिदिएँ ।

तर,
हदै पारगरेर
सेलाएको भन्दै
फेरि किन मिल्कायौ मलाई नदी-किनारमा लगेर ?
र त्यसपछि
किन आफैँ थुक्न थाल्यौ मलाई
‘दुर्गन्धित फोहर’को विषेशणले आभूषित गरेर ?

मैले त
आफूसँग भएभरको सौन्दर्य
तिम्रै आँखामा पोतिदिएकै थिएँ त !
मैले त
आफूसँग भएभरको सुवासलाई
तिम्रै नाकमा घसिदिएकै थिएँ त !
तर त्यसको बदलामा
गर्नै नहुने कृत्य गर्दै
आफैँले समेत पिउने
र आफ्नै शिरमा चढाउने पानीलाई नै प्रदूषित पार्दै
तिमीले नै
पुर्यायौ मलाई दुर्गतिको यो खाडलमा ।
जवाफ देऊ
ए कृतघ्न मान्छे !
दिएका हौ तिमीले मलाई
मेरो
कुन अपराधको सजाय ?

(साभार : पर्यासाहित्य – सिद्धान्त र सिर्जना )

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

शिक्षा

अनिल गुरुङ गिंग लेबोङ बाबा, यो पालि म फस्ट भयो भने मलाई फोन किनी दिनु…

21 hours ago

“बाढी को कहर”

कृष्णशरण उपाध्याय पौडेल बाढी आइरहेछ गाउँ घरमा, चीत्कारमा देश छ गाना गाइरहेछ मृत्यु डरमा -…

22 hours ago

“मूना”

दुर्गा पाैड्याल मूना थिएँ ऐले म त ,बन्थेँ काेपिला फक्रिएर भाेलिपर्सि ,शुभास छर्दथेँ मलाई देख्दा…

22 hours ago

मध्यरातको त्यो सर्प

इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…

2 days ago

आइसक्रिमका यादहरू

राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…

2 days ago

“नानी गरिमा”

शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…

2 days ago