Categories: विविध

सामाजिक सद्भावको पर्व जितिया

रामजी आाचार्य
प्राध्यापक जनमुखी आदर्श कलेज
गैँडाकोट १५ अमरापुरी

थारु समुदाका महिलाहरुले सन्तानको दीर्घायुको कामना, सन्तान प्राप्ति ,पारिवारिक सुखशान्तिको कामना गर्दैआश्विन कृष्ण पक्षको सप्तमी, अष्टमी र नवमी ‘व्रत बसी विशेषगरी सन्तानको दीर्घायुको कामना गर्दै जितिया पर्व मनाइन्छ । थारु समुदायले मनाउने जितिया पर्व जसलाई पावनी पर्वका रुपका पनि चिनिन्छ । खास गरेर महिलाहरु व्रत बस्ने यपवास बस्ने राती जितवाहन भगवानको कथा सुन्ने र तिजमा अरु सम्प्रदायका महिलाहरुले जस्तै जितियाका दिन थारु सम्प्रदायका महिलाहरुले झाम्टा नाच्ने चलन छ । १५/२० जनाले समूह बनाएर झाम्टा नाँच्दा गाइने गीतहरु पहिले-पहिले गाउँ समाजका घटना दु:ख, व्यथाहरु मिसिएका हुन्थे । अचेल झाम्टा गीतहरुमा पनि नयाँ विषय छन् । केही समयअघि सकिएको तीज पर्वसँगै मिल्दोजुल्दो पनि छ यो जितिया भन्ने गरिन्छ । जितियालाई थारु सम्प्रदायको तिज पर्व पनि भन्ने गरेको पाइन्छ । तिजमाजस्तै आश्विन कृष्ण पक्षको सप्तमी, अष्टमी र नवमी ‘व्रत बस्ने, दर खाने, गीत गाउने र तीन दिनसम्म मनाउने गरिन्छ । यो पर्व आफ्नै मौलिक विषेतासहितको छ’।


जितियाका सम्बन्धमा विभिन्न किंवदन्ती पाइन्छ ।महाभारतको कथामा जोडिएको पाइन्छ । युद्धमा आचार्य द्रोणका पुत्र आश्ववत्थामाले पाणडव पुत्र मारिए पछि पुत्र वियोगमा परेकी द्रोपदीलाई धौम्य ऋषिले जितवहानको पूजा र आरधना गरे सन्तानको अकालमा मृत्युु नहुने र दीर्धायू हुने वताको र सोही अनुसार आश्विन कृष्ण पक्षको सप्तमी, अष्टमी र नवमीमासम्म मनाइन्छ । सप्तमीका दिन जलाशयमा स्नान गरि सूर्यलाई जल अर्पन गरेर पर्वको सङ्कल्प लिने गरिन्छ । ख ‘व्रत बसेको भन्ने मान्यता अनुसार यो पर्व मनाउन थालिएको भन्ने एउटा किंवदन्ती पाइन्छ । अर्को किंवदन्ती अनुसार प्रतापि तथा धार्मिक राजा सालिकवाहनकि छोरीले विवाह नगर्ने प्रतिज्ञा गरेपछि राजाले सानो कुटी बनाइ दिए । सधैँ सूर्योदय पूर्व स्नान गरेर सूर्यको पूजा आरधना गर्ने गरेको तर एक दिन सूर्योदयपछि उठेर स्नान पूर्व सूर्यको तेजको स्पर्शले गर्ववती भएको र तेजस्वी जितुवा नामको छोरा जन्मेको एक दिन साथीहरुले उसलाई चोट पर्ने कुरा उठाएकााले यसको उत्तर आमासँग सोध्दा बाबू सुर्य भएको कुरा सुनाएपछि बाबुलाई भेट्न निस्केको र सूर्यले यो प्रतिज्ञा बोकेर आफ्नो नजिक आए भस्म हुनसक्ने ठानेर सूर्यले मानिसको रुप धारणा गरी पृथ्वीमा आएर संझाइ उसलाई शक्ति दिनुको साथै अब जितियाको व्रत बसी जितमहानको विधिपूर्वक पूजा गरे सन्तानको दीर्घयूहुने आशिर्वाद , शक्ति दिएको त्यस समयदेखि नै जितिया मनाउन थालिएको भन्ने किंवदन्ती पाइन्छ ।
जितियाको सम्बन्धमा थारु सम्प्रदायका अग्रज हरुको अर्को पनि किंवदन्ती पाइन्छ । गन्दर्व राजा जिमुतवान (जिर्मुतवाहन) राज्य भोग त्यागेर बुबाको सेवामा तपोभूमितिर गए । त्यहाँ एक महिलाले आफ्नो भाकल पूरा गर्न आफ्नो एकमात्र छोरालाई गरुणलाई सुम्पनु पर्नेभन्दै विलाप गरिरहेको देखेपछि आफै गरुणको आहार बन्न तयार भए । गरुणले आक्रमण गर्दा समेत शान्त रहेको देखेपछि जिमुतवाहसँग प्रभावित भएर गरुणले वास्तविक बुझ्न खोज्दा ती वृद्धको सबै कहानी बताए पछि गरुणले अबदेखि वली नलिने वाचा गरेको कारण त्यस समयदेखि जिर्तवाहनको मुर्ति बनाएर कठोर उपसना गरी आफ्ना सन्ताको दीर्घायूका लागि व्रत बस्ने र उपवास बस्न थालिएको भन्ने अर्को किंवदन्ती पाइन्छ ।
आफ्नो छुट्टै सांस्कृतिक ,धार्मिक ,महत्त्व रहेको ,सामाजिक सद्भाव जितिया पर्व सप्तमी दिन व्रतालु महिलाहरु स्नान गरी विवि पूर्वक जितवहा देवताको पूजा गरेर घिरौँलाको पातमा तोरीको तेल हालेर बनाएको (तेल खरी) प्रसादका रुपमा प्रयोग गर्ने चलन छ । जितियाको समयमा आफन्त तथा विवाहित छोरीचेलीलाई घरमा बोलाएर व्रतको सप्तमिको दिन (अघिल्लो दिन) दर(ओठङ्न) समेत खाने चलन छ। अष्ठमीका दिन भने जितियाको कठोर निराहार व्रत बस्ने चलन छ। अष्ठमीका दिन उपवास बस्ने ,कथा सुन्ने,महिलाहरु जम्मा भएर झम्टा प्रदर्शन गर्ने गरिन्छ ।अष्ठमीका दिन साँझमा परम्परा अनुसार पूजापाठ गरिन्छ । जितियाको अन्तिम दिन नवमी तिथिका दिन स्नान गरेर विधि पूर्वक जितवहान तथा कुल देवताको पूजा गरेर जितिया समापन गरिन्छ ।
जितिया पर्व विशेष गरि थारु सम्प्रदायको बसोबास भएको तराईमा मनाउने गरिन्थ्यो । तर अहिले यो पर्व नेपालका शहरी क्षेत्रमा पनि यो पर्व मनाउन थालिएको छ। थारुको भेषभूषा ,थारु नृत्य ,विभिन् धार्मिक तथा सांस्कृतिक झाँकीहरु सहित थारु समुदायले यो पर्व धुमधामसँग मनाउने गर्दछन्।
यसरी नेपालको तराइ क्षेत्रमा थारु समुदायका महिलाहरुले सन्तानको दीर्घायूको कामना गर्दै तीन दिनसम्म भगवान विष्णु ,शिव ,पार्वती तथा सूर्यको पूजा आरधना गरि ब्रहमथानमा आफ्नो परम्परा अनुसार झ्याम्टा नाच्ने चलन रहेको कुरा थारु समुदायका अग्रजहरुले बताउने गर्दछन्। थारु समूदायका महिलाहरुले मनाउने जितिया पर्वको अवसरमा देश तथा विदेशमा रहनुहुने थारु समूदायका दिदीबहिनी तथा दाजुभाइ साथै सम्पूर्ण नेपालीमा जितिया पर्व २०८०को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकाना ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

आमाको माया

मातातिर्थ औसीको उपलक्ष्यमा तुलसी पण्डित भैँसीले छट्पटीदै भुइमा पाडो खसाल्यो । पाडो खसेपछि भैँसी र्याल…

12 hours ago

चरीको वियोग

मातृ औंसी विशेष राजन् कार्की धरान सुनसरी "रामरी बस ल !" माउले बचेरालाई सुम्सुम्याउँदै भनी।…

12 hours ago

“आशाको आँसु”

दुर्गा घिमिरे आज विद्यालयमा नतिजा प्रकाशित हुने दिन थियो। बिहानैदेखि विद्यालयको वातावरण निकै चहलपहलपूर्ण देखिन्थ्यो।…

12 hours ago

पहिलो वैशाख

निमा छिरिङ भोटिया जलढाका कालेबुङ भारत बिहानबाट आज छोरीको पाठशाला जाने चहल पहल छैन। छोरीको…

1 day ago

नयाँ वर्ष

रम्भा पौडेल “आज नयाँ वर्ष २०८३ हो । हरेक नायाँ वर्षले आशा , भरोसा र…

1 day ago

घुमन्ते जन राउटे

कृष्णशरण उपाध्याय पौडेल बस्छन् जङ्गलमा सारा , घुमन्ते जन राउटे निल्छन् पीडा व्यथा गाह्रा ,…

2 days ago