Categories: कविता

“फूलबुट्टे घाँगर”

गंगा खड्का

फूलबुट्टे घाँगर
लगाइकन जाँगर
लुगा सिउने दिदीले
सिलाइदिइन् विधिले ।

फर्‍याकफुरुक गरेर
जोसजाँगर भरेर
हिँड्न थालेँ रमाई
आमाको हात समाई ।

कपाल बाटी लरक्क
बाको छेउमा सरक्क
बसेँ रम्दै आएर
राम्रो घाँगर लाएर ।

बाले मोबाइल खोलेर
मुस्कुराउँदै बोलेर
फोटो खिच्न थाल्नुभो
फेसबुकमा हाल्नुभो ।

परी जस्ती राम्री
मुटुको टुक्रा हाम्री
भन्दै क्याप्सन लेख्नुभो
घाँगरमा राम्री देख्नुभो ।

ऐना अगाडि गएर
लाजले राती भएर
हेरेँ ऐना रमाउँदै
घाँगरको छेउ समाउँदै ।

बूढानीलकण्ठ काठमाडौँ

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

24 hours ago

एकता

तुलसी पण्डित आमा यता हेर्नू न यी कमिलाहरूको करामत, आमाले दृष्टि पुर्याउनु भयो । त्यहाँ…

24 hours ago

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

2 days ago

-एकत्व

विवेक शर्मा गौतम टोखा-३,काठमाडौं “हजुरबा, त्यो रुख किन रोएको जस्तो देखिन्छ ?” आर्यनले सोध्यो। हजुरबाले…

2 days ago

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

3 days ago

टोपी

अन्जु शर्मा रातोपुल टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन…

3 days ago