Categories: कविता

“फूल”

सरिता पराजुली
चन्द्रागिरि-१५,काठमाडाैं

फूलबारीमा फुलेका छन् फूल थरिथरि
ती फूलले हेर्ने गर्छन् मलाई घरिघरि
कहिले भन्छन् गाेडमेल गर्न आइदेऊ
मलाई डस्ने झारपात सबै फालिदेऊ ।

कहिले भन्छन् रूखाे भयाै मल हालिदेऊ
कहिले भन्छन् प्यास लाग्याे जल राखिदेऊ
जिङ्ग्रिङ्ग छन् हाँगाहरू काट्न पाए राम्राे
चिरिच्याट्ट परि बस्ने जिन्दगी हाे हाम्राे ।

मुस्कुराई सधैंभरि खुसी बाँडिदिउँला
तिम्राे घर आँगनीमा सधैं हाँसिदिउँला
मलाई माया गर्नेसँग माया गाँसिदिउँला
पूरै जीवन तिम्रैलागि भनी साँचिदिउँला ।

मलाई तिमी साथी भन वास्ना छरिदिन्छु
वागभरि रङ्गिला ती फूल फुलिदिन्छु
आकाशका तारालाई यही झारिदिन्छु
रात पनि दिनजस्ताे लाै है पारिदिन्छु ।

सारथि बाल पत्रिका

Recent Posts

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

18 hours ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

19 hours ago

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

2 days ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

2 days ago

“योगमहिमा”

योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…

2 days ago

प्रकोप

हेमराज अधिकारी सिक्किम,भारत दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू…

3 days ago