Categories: बाल कथा

बौद्धिक अपाङ्ग

तुलसी पण्डित

आफ्नो सिट खोज्दै चौरासी वर्षका बृद्ध आए । त्यो ठाउँमा बीस बाइस वर्षको ठिटो बसिसकेको रहेछ । बृद्धले उसलाई टिकट देखाए , तैपनि उसले ठाउँ छोडेन ।
बृद्धले भने ।”त्यहाँ माथि हेर त के लेखेको छ ?”
उसले मुन्टो उठाएर हेर्यो र झस्कियो ।
“त्यहाँ लेखेर हुन्छ ? यो सिटमा म पहिले आएर बसेको हुँ ।”
पछि बस हिँड्ने बेलामा कन्डक्टरले उसलाई उठाएर बृद्धलाई त्यही सिटमा राख्यो । केटाले बृद्ध पट्टि फर्केर रिस भाव देखाइ रह्यो ।


बस आफ्नै गतिमा दौडिरहेको थियो । केही पर पुगेर बस रोकियो । त्यहाँ एक जना अपाङ्ग आयो , जसको एउटा खुट्टा नै थिएन । ऊ बैशाखीको भरमा बसमा चढ्यो ।
उसले अपाङ्ग सिट तिर नजर लगायो । त्यस सिटमा एक्काईस वर्षकी युवती बसेकी रहीछन् ।
उसले भन्यो । “यो अपाङ्ग सिट हो ।”
तर केटीले ठाउँ छोड्न इन्कार गरिन् ।
फेरि कन्डक्टर आयो । उसले ठाउँ छोड्न अनुरोध गर्यो । युवती उसैसँग बाझ्न थालिन् ।
अपाङ्गलाई बसमा उभिन गाह्रो भइ रहेको थियो । ऊमाथि बृद्धलाई निकै माया लागेछ ।
उनले उठेर उसलाई ठाउँ छोड्दै भने । “तिमीलाई उभिन गाह्रो भयो , मेरो सिटमा बस ।”
तर अपाङ्ग त्यो सिटमा गएर बस्न मानेन ।
“म बृद्ध होइन अपाङ्ग हुँ । त्यो सिटमा तपाईं नै गएर बस्नुहोस् ।”
यो कुरा सुनेर केटी जिल्ल परिन् ।
केटीले उठ्दै भनिन् । मैँले अधिकारको दुरुपयोग गरेँ । ल तपाईँ नै बस्नुहोस् यो सिटमा ।”
अपाङ्गले मुसुक्क हाँस्दै भन्यो । “हैन तपाईँको पनि अधिकार छ त्यो सिटमा । ”
युवती जिल्ल परिन् ।
“किन ?”
” तपाईँ पनि बौद्धिक अपाङ्ग हो नि ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

18 hours ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

18 hours ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

2 days ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

3 days ago