Categories: कविता

“नेपाल देश”


अम्बिका धिताल
भक्तपुर

हिमाल हाम्रो चाँदी झैँ राम्रो हाँसेको हेरौँ न
नेपाललाई नेपाली मिली मायाँले बेरौँ न
डाँफे र मुनाल पँखेटा हाली नादच्छन् पाखामा
नेपाली मन नेपालीपन सजाऔँ आँखामा।

गुराँस फूल वनमा आहा क्या राम्रो फुलेको
नेपाली भेष गुन्यु र चोलीजत्तिकै खुलेको
कोइली गाउँछ वसन्त आउँछ काफल पाक्दामा
देउडादेखि झ्याउरे भाका डाँडा र पाखामा।

मेची र काली देशका हाम्रा सिमाना रक्षक
नेपाली वीर आइलाग्नेमाथि बन्दछ भक्षक
सगरमाथा गौरवगाथा संसारकै शिर यो
लुम्बिनी सान बुद्धको ज्ञान शान्तिको धाम हो।

पहरा खोँच खेत र बारी पसिना बगाऔँ
नेपाल आमा सुन्दर पार्न चेतना जगाऔँ
दुःख र सुख सहेर बस्ने नेपाली बानी छ
पौरख गरे नेपालभित्रै सुनको खानी छ।

आँधी र बेरी लडाई सारा सहन्छन् गोर्खाली
नेपाल देश स्वर्ग झैँ राम्रो बनाउने नेपाली
शिरमा टोपी मायाँले छोपी संसार जितौँला<
जुटेर हामी गरेर काम शिखरमा भेटौँला।

विदेशी धन विदेशीपन चाहिन्न हामीलाई
नेपाली सातु गुन्द्रुक ढिँडो मिठो छ हामीलाई
काँधमा काँध मिलाई सबै अस्तित्व फिँजाऔँ
नेपाली नाम उच्च यो धाम विश्वमा चिनाऔँ।

माटोको मायाँ छहारी छाया नेपाल प्यारो छ
यसलाई छाडी विदेशतिर हिँड्न त गाह्रो छ
वीरको गान नेपाल सान मुटुमा राखौँ न
प्राण यो मरे सहीद जस्तै माटोमा मिलौँ न।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

2 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

2 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

1 day ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

1 day ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

3 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

3 days ago