कुमार दाहाल
हामी बालबालिका चम्किलो जून बन्न चाहन्छौँ,
सुन्दर बगैँचामा फूल्ने फूल बन्न आत्तुर हामी,
सितार मोती जडित टलक्क टल्किने माला बनी,
जन्मभूमि जगमगाउने हिरा बन्न चाहन्छौं।
खुला आकाशमा उडान भर्न देऊ हामीलाई,
प्रकृतिको परिवेशमा उड्न देऊ हामीलाई
हामीलाई अनुशासन,संकार सिकाइ देऊ,
हामीलाई स्वाभिमानको पाठ घोकाई देऊ।
हाम्रा कलिला हातले देशको नक्सा कोर्नेछ,
हिमाल,पहाड,तराई,मेची र काली जोड्नेछ,
देश विकासको लागि सधैँ अघि बढ्नेछ,
हराभरा मुहार फेर्न धर्ती पनि फोर्नेछ।
हामीलाई काँचो माटो हातमा थमाएर हेर,
आकृति सुन्दर मूर्तिका यी हातले जोड्नेछ,
हामीलाई प्वाँख मात्र भरेर छाडी देऊ,
आफैँ उडेर आफ्नै बलले आकाश छुन देऊ।
इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…
प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…
View Comments
Your article helped me a lot, is there any more related content? Thanks! https://www.binance.info/en/register?ref=JHQQKNKN
Your article helped me a lot, is there any more related content? Thanks!
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good. https://www.binance.info/register?ref=IXBIAFVY