Categories: कविता

“मेरो घरको बगैँचा”

उद्धव प्याकुरेल उद्भाव

मेरो घरको बगैँचामा, फूल थरी थरी
पुतली र भमरा, घुम्छन् वरिपरि
पुतलीले फुरफुर गर्छ, भमराले भुनभुन
बगैँचामा रमाउँछु, नाच्दैँ घुम्दैँ छुनमुन ।

गोदावरी मखमली, सयपत्री फुल्छन्
कति राम्रा फूलहरू, आँखाभित्र डुल्छन्
आज हेर्दा कोपिला, छन् भोलि ढकमक
परपरसम्म छर्छन्, बास्ना मगमग ।

मेरो सानो फूलबारी, गोडमेल गर्छु
थरी थरी फूल रोपी, म त दङ्ग पर्छु
सुख्खा लागे पानी दिन्छु, कैले मल दिन्छु
फूल हेर्दै दङ्ग पर्दै, म आनन्द लिन्छु ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

परीक्षा

सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…

5 hours ago

वर्षाको वितन्डा

समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…

5 hours ago

“झरी”

अम्बिका धिताल कालो यो मेघ गड्याङ र गुडुङ गगन ढाकेर पर्यो है झरी यो छातीभरि…

1 day ago

“छोरी”

रेवतीरमण सापकोटा ओदालगढी, असम छोरीहरू मनोरम,कोमल कविता हुन्। छन्द-छन्दमा लयवद्ध प्रयासमा लेखिने शिखरिणी, मालिनी, शालिनी…

1 day ago

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

2 days ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

2 days ago