Categories: बाल कथा

समयको गति


प्रार्थना खनाल जोशी
सुकेधारा, काठमाण्डौ

ठूलेको भान्सामा तिहुन भात , सानेको भान्सामा परिकार। वारि र पारिका दुई भान्साका खानाको प्रतिस्पर्धा।
ठूलेको भान्साले प्रतिउत्तर दिँदै भन्छ,”हेर ! खान त संसारका सबै जीवले खान्छन् तर कुन भान्साको खानाको प्रभाव कस्लाई कति बढी पर्छ भविष्यले देखाउला? बुझिस्!”
घरका जेठा बूढादाका धेरै सन्तान आम्दानी कम,टार्न पु-याउनै धौ धौ।
साने ठूलेदाइभन्दा १० बर्षले कान्छो, पढलेख गर्न जानेको,बाठो दुई सन्तानको बाबु , दाजुसँग भिन्न भएर एउटै घरमा बसेको।
दाजुका सन्तान ढिडो खाई मिहेनत गर्दै गए। झुपडीमा सुन फलाउन सकिन्छ भन्ने भनाइ चरितार्थ हुने सङ्केत केटाकेटीले देखाउन थाले।
यता सानेका दुई सन्तान मीठो खाईं सुखमा हुर्किन थाले। पढाइमा भन्दा अन्य कुरामा ध्यान दिन थाले। दाजुका छोराछोरी लोकसेवा पासगर्दै ठूलो पदमा पुगे। साने भाइका सन्तान कुलतमा फँसी जीवन खरानी बनाए। समयको गतिले देखायो तिहुन भात र मीठा व्यञ्जनको प्रभाव।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

11 hours ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

11 hours ago

“निर्बोध प्रेम”

प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…

11 hours ago

गार्गी जस्तै जन्मियून् श्रेष्ठ नारी

शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…

12 hours ago

चञ्चल

शान्ता शाक्य धापाखेल,ललितपुर "तिमी चुप लाग।" "लाग्दिन।" "मेरो साथी तिम्रो साथीभन्दा चञ्चल छ।" "होइन क्या…

2 days ago

बतास चलेको त्यो रात….!

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर "ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका…

3 days ago