Categories: बाल कथा

“बच्चाकाे औषधी”

बिष्णु उप्रेती

“लौन, डाक्टर साव, लौन सिस्टर, छिटो मेराे बच्चा हेरि दिनुन। बच्चा सिकिस्त छ। लौन बचाइ दिनुन ।” शहरको अति महंगो अस्पतालकाे ओ पि डी कक्ष अगाडि एकजना महिला, बिहाेस नानी च्यापेर कराईरहेकी थिइनँ । करिव तीनबर्ष जतिको बच्चाकाे अबस्था नाजुक थियाे।१०४°भन्दामाथि ज्वराे थियाे।
तुरुन्तै एकजना नर्सले बच्चालाई ईमर्जेन्सीमा लिएर गइन् । तुरुन्त डाक्टर आए। डाक्टरले बच्चालाई निहालेर हेरे। बच्च बेहास थियाे। कतिकति बेला बच्चाले हातका औँलाहरु चलाउथ्याे। कतिबेला रोएकाे जस्ताे कतिबेला हाँसेकाे जस्तो अनुहार बनाउँथ्याे।


डाक्टरले कागजमा केही लेखेर नर्सलाई दिए। नर्सले बच्चालाई ल्यवमा लिएर गइन।
एक घन्टा पछि सबै रिपोर्ट सहित बच्चाका बाबुआमा डाक्टरको काेठामा पसे,, र सबै रिपोर्ट डाक्टरको टेबुलमा राखि दिए।
डाक्टरले निकै गहिराे सँग रिपोर्ट अध्यन गरे ,,र हाँस्दै साेधे –” तपाईँको घरमा विद्यूत लाईन अबरुद्ध भएकाे कति दिन भयाे?”
“चारदिन भयाे डाक्टर साव।”
डाक्टर जुरुक्क उठेर बच्चाकाे छेउमा गए। गाेजीबाट माेवाईल निकाले। अनि युटुब खाेलेर कार्टुन अपलाेड गरे । आवाज अलि बढाएर बच्चाको हातमा राखिदिए। माेवाईलमा युटुवकाे आवाज सुन्नासाथ बच्चाले आँखा हेर्याे र माेवाईल समातेर जुरुक्क उठ्याे।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

11 hours ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

11 hours ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

1 day ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

1 day ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

1 day ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago