Categories: कविता

“ठेकी”

गंगा खड्का
बूढानीलकण्ठ , काठमाडौँ

साँघुरो छ घाँटी मेरो
फुकेको छ जीउ
राख्छन् सबले घरमा मलाई
बनाउनलाई घिउ।

मुख पनि फराकिलो छ
खान्छु धेरै पाथी
पशुपालक किसानका
म त असल साथी।

दूध हाली जमाउँछन्
मीठो स्वादको दही
मथिकन मदानीले
बनाउँछन् मही।

काठको पनि बनाउँछन्
मलाई बान्की पारी
आहा ! खुसी हुन्छन् सबै
खाँदा मही सारी।

स्टिल र माटोले नि
बनाउँछन् मलाई
घिउ मथ्न सघाएर
गर्छु सबको भलाइ ।

घुर्रो घुमाई मदानीको
समाउँदै नेती
मथ्न थालेपछि बलले
घुर्छिन् नौनी सेती।

एउटै छ पीर मलाई
हराउँछु कि भन्ने
आधुनिक भएपछि
को होला र गन्ने?

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

10 hours ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

10 hours ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

1 day ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

1 day ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

1 day ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago