Categories: कविता

“ठेकी”

गंगा खड्का
बूढानीलकण्ठ , काठमाडौँ

साँघुरो छ घाँटी मेरो
फुकेको छ जीउ
राख्छन् सबले घरमा मलाई
बनाउनलाई घिउ।

मुख पनि फराकिलो छ
खान्छु धेरै पाथी
पशुपालक किसानका
म त असल साथी।

दूध हाली जमाउँछन्
मीठो स्वादको दही
मथिकन मदानीले
बनाउँछन् मही।

काठको पनि बनाउँछन्
मलाई बान्की पारी
आहा ! खुसी हुन्छन् सबै
खाँदा मही सारी।

स्टिल र माटोले नि
बनाउँछन् मलाई
घिउ मथ्न सघाएर
गर्छु सबको भलाइ ।

घुर्रो घुमाई मदानीको
समाउँदै नेती
मथ्न थालेपछि बलले
घुर्छिन् नौनी सेती।

एउटै छ पीर मलाई
हराउँछु कि भन्ने
आधुनिक भएपछि
को होला र गन्ने?

सारथि बाल पत्रिका

Recent Posts

“असार”

देव भट्टराई आयो असार महिना खुश छन् किसान। फर्केर आउँछ भनी सुखको बिहान॥ बेकार राख्छ…

8 hours ago

परिवर्तनको सुरुवात

इन्दु उपाध्याय हेलेम- मिसामारी, आसाम विद्यालयको घण्टी बज्नासाथ कक्षा नौका विद्यार्थीहरू आ-आफ्नो स्थानमा बसे। केही…

8 hours ago

हिसाब

महेन्द्र चालिसे “विकल निवास” आरुबारी, काठमाडौं बाबाले जीवनभर खेत जोते, बिरामी पर्दा आमाले रातभर जागेर…

1 day ago

असारको पन्ध्र

रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…

1 day ago

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

2 days ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

2 days ago