Categories: बाल कथा

बन्चरोकाे बिँड

बाेधराज प्याकुरेल
खजुरा,बाँके

स्कुलबाट आउने बित्तिकै विवेकले रुख हेर्याे, रुख जस्ताको त्यस्तै थियो । उसले बिहानको कुरा सम्झ्याे । जुनकुराले उसलाई दिनभर स्कुलमा पढ्न मन पनि लागेको थिएन ।
” के गर्नु भएको बाबा ?”
” बन्चरोको बिँड बनाउन लागेको।”
” यसले के गर्ने ?”
” रुख काट्ने ।”
” किन काट्ने ? ”
” पात झरेर आँगन फाेहर भयाे ।”


” याे रुख नकाटे हुन्न बाबा ? बरु पात म बढार्छु नि ।” बुबाको दाैरा समाउँदै विवेकले भनेकाे थियोे ।
” कति खाेजिनीति चाहिएको यसलाई ,छाेड मलाई ढिलाे भयाे ।” बुबा दश बर्षकाे छाेराेलाई हकार्दै आफ्नाे काममा लागेका थिए।
” म बुढी भए,याे बिरुवाको हेरचाह मेराे नातिले गर्छ,सधैँ पानी हाल्नु है नाति ।” हजुरआमाले चार बर्षअघि त्याे बिरुवा आँगनकाे छेउमा राेपेकाे दिन उसको कपाल मुसार्दै भन्नुभएको कुरा उसले सम्झेकाे थियोे ।
त्यसदिन देखि विवेकलाई त्याे बिरुवा आफ्नै साथी जस्तै लाग्थ्यो । उसले सधैँ बिरुवामा पानी हाल्थ्याे र बिरुवा नजिक उभिएर नाप्थ्याे अनि आफूभन्दा अग्लो भएको भन्दै दाैंतरीहरुलाई देखाउँदै भन्ने गर्थ्याे,” हेर त, मभन्दा एकभित्ता अग्लाे भएछ ।”
” आमा त्यो रुख नकाट्ने भन्नु न बाबालाई ।”
” कुन रुख भन्छ याे, एकगाँस भात खाएन ।” आमाले गनगनाउँदै उसलाई स्कुल बसमा चढाउनु भएको थियो ।
ऊ खुसी हुँदै भित्र पस्यो । बैठक काेठाकाे भित्तामा ठड्याएर राखिएको नयाँ बिँड हालेको बन्चरो देखेपछि भने उसको खुसी एकैछिन पनि रहन पाएन ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“विद्यार्थीहरूप्रति”

आत्माराम न्यौपाने तिम्रा साना कर-कलमले लेख्छ नौलो भविष्य तिम्रा साना मृदु नयनले देख्छ सम्पूर्ण विश्व…

6 minutes ago

परीक्षा

सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…

24 hours ago

वर्षाको वितन्डा

समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…

1 day ago

“झरी”

अम्बिका धिताल कालो यो मेघ गड्याङ र गुडुङ गगन ढाकेर पर्यो है झरी यो छातीभरि…

2 days ago

“छोरी”

रेवतीरमण सापकोटा ओदालगढी, असम छोरीहरू मनोरम,कोमल कविता हुन्। छन्द-छन्दमा लयवद्ध प्रयासमा लेखिने शिखरिणी, मालिनी, शालिनी…

2 days ago

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

3 days ago