Categories: बाल कथा

समानताको उपहास!

सुरेशकुमार पाण्डे
दाङ घोराही

साहू जी म विध्यार्थी हुँ मैले कानुन् बिषय पढ्छु। हजूरको घरमा रूम खाली छ ?-सकिलाले नवराज उपाध्याको घरमा पुगेर सोधी।”उनी वकिलबाट अबकास प्राप्त गरेका चिर्चित व्याक्ति हुँन्।” छ नि नानू तिमीहरू जस्ता विध्यार्थिलाई त रूम खाली गराएर भएपनि दिन्छौँ ! -नवराजले बिचारमा उदारता देखाउँदै भने।’ “सर! रूम देखाउँनोस् है!-सकिलाले भनी।’ ‘रूपालि ! यिनी नानीलाई रूम देखाउ त ! -नवराजले आफ्नो श्रीमतीलाई अह्राए’ ‘आउ नानी!-रूपालीले सकिलालाई रूम देखाई।’ सकिलालाई रूम मनपर्यो। रूम छतमा थियो झ्यालबाट सुन्दर पहाडी भेग हिमाल देखिन्थ्यो।

“सर! यो रूमको भाडा कतिहोला? सकिलाले भाडा सोधी।’ नानू तिमीसँग धेरै भाडा लिंदैनौँ, विद्यार्थीलाई बिशेष छुट छ। रू पाँच हजार मात्र हो। तर त्यो अड्वान्समा दिनुपर्छ। नवराजले भने।’ हस् ! सकिलाले सटिक उत्तर दिई। तर मनमा भाडा महँगो जस्तो लाग्यो । राजधानीमा यो भन्दा सस्तो नभेट्टिन पनि सक्छ। पहिलो पल्ट राजधानी पसेकी सकिला दोधारमा परी। रूम ठुलो राम्रो छ लिनैपर्छ ! -उसले मनैमनै भनी।” नानी आफ्नो पुरानाम, र ठेगाना छ भने नागरिकताको फोटो कोपी दिनुपर्यो! -नवराजले भने।’ सकिलाले नागरिकता देखाई। नागरिकता हेरेपछि उनी हेर्याहेर्यै भए। उनले रजिस्टर राम्ररी हेरेको जस्तो गर्दै भने! “ओहो नानी यो रूम त भाडामा चडिसकेको रहेछ। मलाई थाहानै भएन यसको त भाडा एड्वान्स दिएका रहेछन्। “रूपाली! भाडामा चडेको किन भनेनौ तिमीले मलाई । रूपालीतिर हेर्दै नवराजले आँखा सन्कायो। सकिलाले कुरा बुझिहाली। ठिकै छ साहूजी हजूरको रूम हजूर सँगै छ। अघि रूपालीलाई रूम खालिथियो तर रूपाली विस्वकर्मालाई रूम खालिछैन्। हस धन्यवाद! -भन्दै ऊ त्यहाँबाट हिंडी।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“गुण”

ह्रदय लेकाली बोल्दैन लाटो जब बोल्न थाल्छ ढुङ्गा र माटो पनि बोल्छ थाल्छ त्यो जून…

54 seconds ago

“विद्यार्थीहरूप्रति”

आत्माराम न्यौपाने तिम्रा साना कर-कलमले लेख्छ नौलो भविष्य तिम्रा साना मृदु नयनले देख्छ सम्पूर्ण विश्व…

17 minutes ago

परीक्षा

सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…

24 hours ago

वर्षाको वितन्डा

समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…

1 day ago

“झरी”

अम्बिका धिताल कालो यो मेघ गड्याङ र गुडुङ गगन ढाकेर पर्यो है झरी यो छातीभरि…

2 days ago

“छोरी”

रेवतीरमण सापकोटा ओदालगढी, असम छोरीहरू मनोरम,कोमल कविता हुन्। छन्द-छन्दमा लयवद्ध प्रयासमा लेखिने शिखरिणी, मालिनी, शालिनी…

2 days ago