अम्बिका धिताल
कमलविनायक भक्तपुर

“आज विद्यालयमा बालदिवसको ठुलो कार्यक्रम छ रे ।” सकुलले सडकको कुनामा बस्दै रीतालाई भन्यो। “कार्यक्रम? त्यो त भित्रका बच्चाहरूका लागि हो नि, हाम्रा लागि होइन।” रीताले हाँसो झैँ आँसु मिसिएको स्वरमा जवाफ दिई।
“तर हेर्न त मजा आउँछ नि । गीत,नाच, मिठाई…,” सकुलको आँखामा अपूरो चाह झल्कियो।
“हामीलाई त मिठाइ हेर्ने होइन, साहुको मिठो बोली भए पनि पुग्छ ।” रीताले भनिन्।
त्यतिबेला विद्यालयको आँगनबाट ध्वनि विस्तारै आयो, “बालबालिकाहरू राष्ट्रका आधार हुन्, उनीहरूको अधिकार र खुशी नै हाम्रो कर्तव्य हो।”
सकुलले रीतातर्फ अचम्मित भएर हेर्दै भन्यो, “हामी बच्चा होइनौँ र ? हाम्रो अधिकार कुन डब्बामा बन्द छ?”
रीता मुस्कुराई, “हाम्रो अधिकार त सायद ती चङ्गासँगै आकाशमा उड्छ होला।”
“रीता, हामीलाई पनि मिठाई दिन्थे भने कस्तो हुन्थ्यो होला!” सकुलको स्वर कमजोर तर आशाले भरिएको थियो।
“सपना देख्न त कसैले रोक्दैन, सकुल,” रीताले भनिन्, “तर विडम्बना के भने, हाम्रो सपना नै उनीहरूको भाषणको सामग्री बनेको छ।”
कार्यक्रमको अन्त्यमा चङ्गाहरू आकाशतिर उडाइए। विद्यालयभित्र ताली बज्यो तर पर्खाल बाहिरका बालबालिकाले आकाशतिर उडिरहेका बालदिवस लेखिएको रङ्गिन चङ्गा आकाशमा हेरिरहे । हेर्दाहेर्दै चङ्गा चुडियो।
पसलबाट घरपुग्दा साहुको छोरो खेलिरहेको देखेर रीताले सोधिन्, “कति रमाइलो हुन्छ स्कुलमा । तिमी किन नगएको आज?”
उसले भन्यो, “ मेरो त स्कुल बिदा छ । पल्लो घरको दाइ ड्रेस लगाएर स्कुल जानुभएको,फर्किएर आउनुभएन । मेरो त अब स्कुल सधैँ बिदा भइदिए पनि हुने।”

सारथि बाल पत्रिका

View Comments

  • Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“झरी”

अम्बिका धिताल कालो यो मेघ गड्याङ र गुडुङ गगन ढाकेर पर्यो है झरी यो छातीभरि…

4 hours ago

“छोरी”

रेवतीरमण सापकोटा ओदालगढी, असम छोरीहरू मनोरम,कोमल कविता हुन्। छन्द-छन्दमा लयवद्ध प्रयासमा लेखिने शिखरिणी, मालिनी, शालिनी…

4 hours ago

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

1 day ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

1 day ago

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

3 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

3 days ago