Categories: कविता

“चिसाेयाम”

सरिता पराजुली
चन्द्रागिरि -१५ काठमाडाैं

स्कुल जाने बेला भयाे
निला भए ओंठ
कक्क्रकिए हात खुट्टा
लड्दा लाग्याे चाेट।

चिसा चिसा कक्षा काेठा
घाम देखिदैन
लेख्न लाग्याे हातै काँप्छ
लेख्नै सकिँदैन।

टिफिनकाे चिसाे खाजा
सकिँदैन खान
बरू मज्जा लाग्छ खेल्न
मैदानमा जान।

आँखा ,नाक रसाएर
बग्न थाल्छन् धारा
कसाेगरी अघि बढ्लान्
भविष्यका तारा।

सारथि बाल पत्रिका

Recent Posts

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

11 hours ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

12 hours ago

“योगमहिमा”

योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…

12 hours ago

प्रकोप

हेमराज अधिकारी सिक्किम,भारत दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू…

1 day ago

“पढ बाबू नानी”

चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…

1 day ago

“बुझ्याै ? बाबू नानी”

फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…

1 day ago