Categories: कविता

“बाढी को कहर”


कृष्णशरण उपाध्याय पौडेल

बाढी आइरहेछ गाउँ घरमा, चीत्कारमा देश छ
गाना गाइरहेछ मृत्यु डरमा – शीत्कारमा देश छ
डुब्दैछन् घर गोठ आँगन पिँढी,सन्त्रास बढ्दो छ झन्
बग्दैछन् हर वस्तु वाहन सिँढी,आकाश खस्दो छ झन्।

मान्छे छन् घर गोठका उपरमा ,कैयौँ बगी गैगए
मान्छे छन् कति बोटका उपरमा , कैयौँ ढली गैगए
चल्थे वाहन कार मोटर जहाँ, डुङ्गाहरू छन् त्यहाँ
फल्थे धान मकै चना गहुँ जहाँ , ढुङ्गाहरू छन् त्यहाँ।

कैयौँ गाउँहरू पहाड तिरका , पैह्रो गई ध्वस्त छन्
कैयौँ ठाउँहरू स्वदेश भरका , बाढी सँगै त्रस्त छन्
हाहाकार हुँदै छ यो मुलुकमा ,चौतर्फ छन् आहत
सारा देश रुँदै छ यो समयमा , खोज्दै छ झन् राहत।

खाने चीज बगे पकाउन हुने , भाँडा कराही बगे
रोप्ने बीज बगे लगाउन हुने , भोटा र साडी बगे
गाई गोरु बगे छुरी र हँसिया , डोका र नाम्ला बगे
सुत्ने खाट बगे दरी र तकिया , पाखी र काम्ला बगे।

कैयौँ बृद्ध बगे युवा कति बगे , जोडा र जोडी बगे
कैयौँ पुत्र बगे पिता पति बगे , पत्नी र छोरी बगे
कैयौँ का बिपना बगे धन बगे , क्या अश्रुधारा बगे
कैयौँ का सपना बगे सुन बगे , सारा सहारा बगे।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

शिक्षा

अनिल गुरुङ गिंग लेबोङ बाबा, यो पालि म फस्ट भयो भने मलाई फोन किनी दिनु…

7 minutes ago

“मूना”

दुर्गा पाैड्याल मूना थिएँ ऐले म त ,बन्थेँ काेपिला फक्रिएर भाेलिपर्सि ,शुभास छर्दथेँ मलाई देख्दा…

47 minutes ago

मध्यरातको त्यो सर्प

इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…

24 hours ago

आइसक्रिमका यादहरू

राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…

1 day ago

“नानी गरिमा”

शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…

1 day ago

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

2 days ago