Categories: कविता

“मूना”


दुर्गा पाैड्याल

मूना थिएँ ऐले म त ,बन्थेँ काेपिला
फक्रिएर भाेलिपर्सि ,शुभास छर्दथेँ
मलाई देख्दा माली मेराे, त्यसै रमाउँथ्याे
यता उता हिँड्दा पनि ,मलाई मुसार्थ्याे।

मायागरी मुसार्दथ्याे,ओंठ पनि चुम्थ्याे
हात हल्लाई माली मेराे, काममा हिँड्दथ्याे
हावा जस्तै दाैडिएर ,मलाई हल्लाउँथ्याे
यताउता पार्दै मलाई, सधैँ खेलाउँथ्याे।

चिसाे हावा पानी आउँदा, खुबै रमाउँथे
चर्काे घाम लाग्याे भने,त्यसै मुर्झाउँथे
माली आई मसार मसुर ,मलाई पार्दथ्याे
फाेहर मैलाे सफागरी,मलजल गर्दथ्याे।

हलहलाउँदाे मूना देखि ,माली रमाउँथ्याे
सुमसुमाउँदै पात डाँठ, मलाई समाउँथ्याे
आनन्दित हुन्थ्याे माली ,मेराे रुप हेरी
गाउँथ्याे गीत अनेक अनेक,भाखा फेरी फेरी।

कुन पापीकाे नजर लाग्याे,बनायाे याेजना
मूनामा नै निमाेठेर, बनायाे भाेजन
दाेष केथ्याे गल्ती केथ्याे , म कलिलाे मूना
काेपिला नि नलाग्दैमा, गर्याे टुनामुना।

कलिला मूनाहरु,फुल्न पाउँनुपर्छ
फूलकाे त्याे बासनामा रम्न पाउँनुपर्छ
अधिकार छ सबैलाई ,फुल्ने फल्ने रम्ने
नफुल्दैमा टिप्ने भाँच्ने नगर्नु, है काेई।

एकदिन भाँचिनेछन् फूल टिप्ने हात
किन गर्छाै त्यस्ताे काम, लाग्ला तिम्लाई बात
मूनालाई भाँचिफाल्ने, गल्ती नगर्नु है
आँखा फुटाई,छाडिनेछ ,तिम्लाई मर्नलाई।

 

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“बाढी को कहर”

कृष्णशरण उपाध्याय पौडेल बाढी आइरहेछ गाउँ घरमा, चीत्कारमा देश छ गाना गाइरहेछ मृत्यु डरमा -…

19 minutes ago

मध्यरातको त्यो सर्प

इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…

24 hours ago

आइसक्रिमका यादहरू

राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…

1 day ago

“नानी गरिमा”

शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…

1 day ago

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

2 days ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

2 days ago