श्यामप्रसाद श्रेष्ठ
“देश त लथालिङ बनायो नि!” पुस महिनाको बिहान चोक वजारको खबर होटेलको आँगनमा पारिलो घाम ताप्दै चिया पिइरहेका ३,४ जना युवाहरु बिच आकाशले चियाको सुर्को तान्दै मनभित्रको असन्तोष पोख्यो।
“ हो, नेताहरुले !” पवनले समर्थन गर्दै कुरा थप्यो।
“ नेताहरु मात्र पनि होइन!”
“नेता मात्र नभए अरुको हो त ? भ्रष्ट कर्मचारीहरु!”
“उनीहरु मात्र पनि हैन!”
“अनि को ? अबिबेकी जनता हुन?”
“जनता मात्र पनि हैन !”
“त्यसो भए पार्टिको अन्धभक्त झोले कार्यकर्ताहरु हुन ?”
“तिनीहरु मात्र पनि हैन ।“ “अनि को हो त ?”
“तिनीहरु कोही हाम्रो गाउँटोलमा,सहर बजारमा, जागिरदार छन , स्वतन्त्र ब्यबसायी छ्न। तिनीहरु कोहि सत्ताको रापमा छन ,कोहि सत्ताको रापको आशमा छन।”
“को हुन त तिनीहरु?”
“आफ्नो बौध्दिकता बन्धक राखी पर्दा पछाडि मौन बसेर देश जल्दा रापमा न्यानो मानिरहने बौध्दिकबर्ग नै एक प्रमुख जिम्मेवार हुन। तिनीहरु कोहि सल्लाहकार पनि छन।”
मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…
लालबहादुर भुजेल पहिलै पहिलै हिन्दू धर्म संस्कृतिकाे पढाई, गुरूकुलमा हुने गर्थ्याे लेखाई र सिकाई !…
अन्जु शर्मा रातोपुल मूर्तिका आँखाबाट आँसु खसे। उसले ढोकाबाट अवलोकन गर्दै गरेका मूर्तिकारलाई नमन गर्दै…