Categories: कविता

“बालक”

नीरज काेइराला

बाला तिम्रै मुसुमुसु हाँसाे
ईच्छा जान्ने सबतिर चासाे
हाँसाे खाेज्दै मनमुटु माझ
कुद्दै जुद्दै दिन हर साँझ ।१।

हाँस्दै बग्ने कलकल पानी
माया भर्ने झलल बिहानी
माया पाए तनमन दिन्छाै
विद्या बुद्धी मन भर लिन्छाै ।२।

हाँस्दै खेल्दै जगत सिँगारी
पढ्दै लेख्दै कलम तिखारी
पस्दै बस्दै सब मन भित्र
काेर्दै आफ्नै सफल सचित्र ।३।

पानी बन्दा तपतप झर्ने
ज्ञानी बन्दा जगत सपार्ने
ज्यूदै प्यूदै नवरस धारा
आत्मा ज्ञानी बन न पियारा ।४।

ताेते मीठाे अनुपम बोली
माया छर्ने मधुरस घोली।
डुल्नू संसार जगत बुझ्नू
ढुङ्गा छाडी हरमन पुज्नू ।५।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“धन्यवाद”

पुण्यप्रसाद घिमिरे धन्यवाद धन्यवाद धन्यवाद सबैलाई धन्यवाद हावापानी घामजून सबैलाई धन्यवाद। धन्यवाद बाबा आमा, जन्म…

21 hours ago

विष

सुमन कडरिया चितवन “बुबा ! आज मानिसहरूले साच्चै नै हामीलाई भगवान् मानेर पूजा गर्छन् रे…

21 hours ago

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

2 days ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

2 days ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

4 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

4 days ago