Categories: कविता

“आत्मागीत”

गणेश दवाडी
लेटाङ मोरङ्ग

के छ तिम्रो चालामाला सञ्चै छौ नि नानी
ज्ञान बुद्धि असल हुने सिक्दै छौ नि बानी।

यता म नि आरामै छु याद खुबै आउँछ
तन मेरो घरतिरै मन तेतै धाउँछ
सबको मुहार झलझली यी आँखामा छाउँछ
टोलाएर यो मनले के के गुनगुनाउँछ।।

भुइँमा बसी आकाशका म गन्दै छु तारा
ती सितारा तिमी नै हौ सम्झ बुझ प्यारा
यो बिलौना फगत काँ हो आत्मा गीत गाउँछ
सपना मैं यी आँखामा आँसु रसाउँछ।

हिड्दा डुल्दा जताजाउँ मन त्यही ठोकिन्छ
यति गहिरा यादहरू खै केले रोकिन्छ
थाकेन यो मनको घाउ बिसेक होला केले
जीवनचक्र फनफनी जालैजालले जेले।।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“धन्यवाद”

पुण्यप्रसाद घिमिरे धन्यवाद धन्यवाद धन्यवाद सबैलाई धन्यवाद हावापानी घामजून सबैलाई धन्यवाद। धन्यवाद बाबा आमा, जन्म…

22 hours ago

विष

सुमन कडरिया चितवन “बुबा ! आज मानिसहरूले साच्चै नै हामीलाई भगवान् मानेर पूजा गर्छन् रे…

22 hours ago

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

2 days ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

2 days ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

4 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

4 days ago