शुक्रराज कुँवर
बलभद्रपथ , धरान १०

एकजना सन्की राजा थिए, गरगहनाका सौखिन । थरीथरीका रत्न जडित गहना लगाएर बस्थे। राजकाजमा भने खासै दिलचस्पी थिएन अपितु लुटको शैलीमा गरगहना जगेर्ना गर्न रुचि राख्दथे।
एकदिन उनले एकजना मन्त्रीलाई बोलएर भने, ” तैँले मेरो राजाज्ञाको अवज्ञा गरिस्। मेरो आदेश बमोजिम अन्य मन्त्री , भारदार कर्मचारी आदि सबैले आ-आफूसँग भएको बहुमूल्य गरगहना मेरा हजुरमा पेश गरे तर तैँले किन गरिनस्? आज साँझसम्म गरिनस् भने ठुलो सजायको भागिदार बन्नेछस्।”
मन्त्रीलाई आपत् पर्यो। बिचरा ऊ सँग गरगहनाको भण्डार भए पो। कुनै उपाय थिएन तैपनि साँझपख ऊ राजाका हजुरमा उपस्थित भयो। खालीहात देखेर राजाले कडकिदैँ भने – ” खालीहात आइस् ? खोइ त गरगहना ?
“ल्याएको छु महाराज। देशका खातिर जगेर्ना गर्नै पर्ने धेरै गहना रहेछन्। मौसुफ समक्ष एउटा नमुना पेश गर्दैछु, महाराज।” मन्त्रीले भने।
राजा झनै रनभुल्लमा परे। ” खै कहाँ छ त ?” उनी कडकिए।
मन्त्रीले थपडी बजाए। एकजना युवा राजाको समीप उपस्थित भए।
राजाले भ्रमित हुँदै भने , ” को हो यो ?”
“विश्वविख्यात खेलाडी ! राष्ट्रको सम्पत्ति ! राष्ट्रको गहना ! महाराज।” मन्त्रीले विनम्रता पूर्वक भने।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“धन्यवाद”

पुण्यप्रसाद घिमिरे धन्यवाद धन्यवाद धन्यवाद सबैलाई धन्यवाद हावापानी घामजून सबैलाई धन्यवाद। धन्यवाद बाबा आमा, जन्म…

19 hours ago

विष

सुमन कडरिया चितवन “बुबा ! आज मानिसहरूले साच्चै नै हामीलाई भगवान् मानेर पूजा गर्छन् रे…

20 hours ago

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

2 days ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

2 days ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

4 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

4 days ago