शुक्रराज कुँवर
बलभद्रपथ , धरान १०
एकजना सन्की राजा थिए, गरगहनाका सौखिन । थरीथरीका रत्न जडित गहना लगाएर बस्थे। राजकाजमा भने खासै दिलचस्पी थिएन अपितु लुटको शैलीमा गरगहना जगेर्ना गर्न रुचि राख्दथे।
एकदिन उनले एकजना मन्त्रीलाई बोलएर भने, ” तैँले मेरो राजाज्ञाको अवज्ञा गरिस्। मेरो आदेश बमोजिम अन्य मन्त्री , भारदार कर्मचारी आदि सबैले आ-आफूसँग भएको बहुमूल्य गरगहना मेरा हजुरमा पेश गरे तर तैँले किन गरिनस्? आज साँझसम्म गरिनस् भने ठुलो सजायको भागिदार बन्नेछस्।”
मन्त्रीलाई आपत् पर्यो। बिचरा ऊ सँग गरगहनाको भण्डार भए पो। कुनै उपाय थिएन तैपनि साँझपख ऊ राजाका हजुरमा उपस्थित भयो। खालीहात देखेर राजाले कडकिदैँ भने – ” खालीहात आइस् ? खोइ त गरगहना ?
“ल्याएको छु महाराज। देशका खातिर जगेर्ना गर्नै पर्ने धेरै गहना रहेछन्। मौसुफ समक्ष एउटा नमुना पेश गर्दैछु, महाराज।” मन्त्रीले भने।
राजा झनै रनभुल्लमा परे। ” खै कहाँ छ त ?” उनी कडकिए।
मन्त्रीले थपडी बजाए। एकजना युवा राजाको समीप उपस्थित भए।
राजाले भ्रमित हुँदै भने , ” को हो यो ?”
“विश्वविख्यात खेलाडी ! राष्ट्रको सम्पत्ति ! राष्ट्रको गहना ! महाराज।” मन्त्रीले विनम्रता पूर्वक भने।
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…