बालचेतना


प्रेम पुन मगर

“म पनि रोटी बनाउछु बाबा ।” नातिनीले भनिन्।
“सानी मान्छेले रोटी बनाउँदा हात पोल्छ नानी। केही ठुली भएपछि बनाउनु पर्छ।” उसले भन्यो।
“म ठुली कहिले हुन्छु ?” नानीले प्रश्न गरिन्।
“हाल पाँच बर्षमा छ्येौ। छ सात पुघेपछि सिक्नुपर्छ।” उसले सम्झायो।
म छ सात बर्ष कहिले पुग्छु बाबा ? उनको प्रश्न रोकिएन।
“जन्मदिन आएपछि नानी।
“मेरो जन्मदिन कहिले आउछ ?”
“भदौमा।”
“भदौ कहिले आउछ ?”
“यो जेठ हो असार साउन अनि भदौ।”
“ए तीनदिन पछि आउने रैछ मेरो जन्मदिन।”
बार पो एक एक दिनको हुन्छ। महिना त तीस दिनको हुन्छ नि ।”
“आहा! त्यसोभए तीस दिन केक खान पाइने भयो।”