Categories: बाल कथा

बालदिवस

दुर्गा वनवासी

अन्तर्राष्ट्रिय बालदिवसको अवसरमा हरेक वर्षजस्तै यो वर्ष पनि अरु संघ–संस्थाहरुको भन्दा भव्य र गरिमामय कार्यक्रम गर्यो त्यो संस्थाले । बालबालिकाहरुको उल्लेख्य उपस्थिति थियो कार्यक्रममा । यसपटक एक अमेरिकन दाताको हातबाट कार्यक्रमको उद्घाटन भयो । थुप्रै दातृराष्ट्रका स्वयंसेवकहरुको उपस्थिति थियो यो वर्ष ।
वार्षिक प्रतिवेदन, आय–व्यय विवरणलगायतका कागजी जानकारीहरुपश्चात उपस्थित अनाथ बालबालिकाहरुलाई पोशाक र जुत्तासहितको झोला वितरणको कार्यक्रम पनि भव्यताका साथ सम्पन्न भयो । अनगिन्ती श्रव्यदृश्य माध्यम एवम् पत्रपत्रिकाका माइक, क्यामेरा, रेकर्डर निकै सकृय भए । त्यसपछि बालबालिकाहरुलाई भोजन गराउने कार्यक्रम रहेको थियो । केही आयोजकहरु यताको तयारीमा जुटे भने अरु केहीले ती बिदेशी पाहुना, अन्य अतिथिहरु तथा मिडियाकर्मीहरुका लागि व्यवस्था गरिएको सुविधासम्पन्न पाँचतारे होटेलतिर उनीहरुलाई प्रस्थान गराए । होटेललाई मोटो रकमसाथ गरिएको आग्रहअनुसार बालमजदूरहरुलाई आज छुट्टी दिइएको थियो ।
कार्यक्रम स्थलमा जम्मा गरिएका बालबालिकाहरु नयाँ लुगा, जुत्ता र झोलाको प्राप्तिसँगै मीठामीठा पकवान तथा व्यञ्जनमा रमाइरहेका थिए । एकजना आयोजकले पाले दाइलाई इशारा गरे । पाले दाइले कार्यक्रम हलसँगैको अँध्यारो भण्डार कोठाको ताला खोलिदिए । त्यसपछि ती बच्चाहरुलाई पालैपालो उपहारका झोला त्यस कोठामा राख्न लगाइयो । बच्चाहरुले त्यो कर्कश आदेश चुपचाप पालन गरे र मलिन अनुहारसँगै कार्यक्रम हलबाट बाहिरिए ।
बस् ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

9 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

10 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

1 day ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

1 day ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

3 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

3 days ago