Categories: कविता

“मेरो बानी”

मणिराज भट्टराई
गठ्ठाघर ,भक्तपुर

सुत्छु प्यारी आमासँग उठ्ता सँगै हुन्छु
नित्य कर्म गरी कन हात मुख धुन्छु
हिजो पढेको पाठ दोहोर्याएर पढ्छु
आजको पाठ एक फेर सरसर्ती पढ्छु।

घरको काममा आमालाई सघाँउछु
भ्याए सम्म बा बा लाई पनि सघाउँछु
आमाको हातको खाना मीठो मानि खान्छु
सफा सुग्घर भएर स्कूल आँफै जान्छु।

साथी सँग मिलिजुली मिल्ने खेल खेल्छु
दुःख दिन्न कसैलाई बरु आँफै झेल्छु
रिसाउन्न कैले पनि हाँसेर नै बोल्छु
मन्को कुरा प्रष्ट सँग सबै सँग खोल्छु।

वृद्ध अशक्तको सेवा ठूलो धर्म ठान्छु
देश सेवा मेरो लागि ठूलो कर्म ठान्छु
ठालु भै खाने भन्दा श्रमिक ठूलो मान्छु
अत्तर भन्दा पसिनाको गन्ध मीठो मान्छु।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“पिँढीको परिधि र दृष्टिको काराबास: एउटा अङ्कुरित अन्धकारको मौन सुस्केरा”

रोजिना घिमिरे अँध्यारो, कति बाक्लो हुन्छ यो अँध्यारो ? के यसलाई मुठ्ठीमा समातेर बाहिर फाल्न…

10 hours ago

“असार”

गणेश आत्रेय मदनपोखरा,पाल्पा जब मेघ त्यो, यता सर्यो; जन जीवमा, खुसी छर्यो। रवि-ताडना, कमी भयो;…

10 hours ago

अप्राकृतिक

कृष्णलाल शर्मा जागीरोड, असम आज अचानक दर्किरहेको भिषण झरीले मेरो आँगन छिद्र पार्दा हिलो बेस्सरी…

10 hours ago

“युवा पलायन”

अम्बिका धिताल काभ्रेपलाञ्चोक, हाल भक्तपुर दिनदिनै हेर देशका युवा विदेश गए है रुँदैछिन् आमा सन्तान…

11 hours ago

“प्रथमआषाढ”

शोभा कोइराला तातो हावा अतिशय भयो रोकिने छाँट छैन आषाढैको प्रथम दिनमै खोज्न केही हुँदैन…

1 day ago

इन्द्रेणी बेलुन

मौसमी चंद्रा पटना बिहार गाउँको छेउमा एउटा सानो घर थियो, जहाँ मीरा बस्थी। ऊ सात…

1 day ago