Categories: कविता

“स्कूल पढ्ने नानी”

दुर्गा पौडेल

स्कूल पढ्ने नानी हौँ
स्कूलतिर जाँदै छौँ
स्कूलमा आज उत्सव छ
नाँच्न गाउँन जाँदैछौँ।

नाँच्दाखेरी लाउनु पर्छ
फरिया, चोली गहना
पढी लेखी नाँची गाई
राम्रो बन्ने चाहना।

सबै सँग बोल्नु पर्छ
नम्र बोली बचन
रिसाउनु हुन्न कहिल्यै
मिलनसार बनौँन।

गाउँछन् गीत साथीले
लय हाल्छन् भाँतिले
त्यही लय हालेर
नाच्छौँ हामी भाँतिले।

गुरुआमा भन्नु हुन्छ
अनुशासन गहना हो
गुरुबाले भन्नु हुन्छ
प्रथम हुने चाहाना त्यो।

अनुशासित बनेर
गाउने नाच्ने गरौँन
पढी लेखी स्कूलको
नाम उच्च राखौँन।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“धन्यवाद”

पुण्यप्रसाद घिमिरे धन्यवाद धन्यवाद धन्यवाद सबैलाई धन्यवाद हावापानी घामजून सबैलाई धन्यवाद। धन्यवाद बाबा आमा, जन्म…

2 hours ago

विष

सुमन कडरिया चितवन “बुबा ! आज मानिसहरूले साच्चै नै हामीलाई भगवान् मानेर पूजा गर्छन् रे…

3 hours ago

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

1 day ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

1 day ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago