Categories: कविता

“बाल अठोट”


धनराज सिलव

हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ
यो देशको मायालाई बोकी तारा झैँ सदा नै चम्कन्छौँ
बालक भएर पनि अठोट ठूलो लिई हिड्दछौँ
अज्ञान यो अँध्यारो पनलाई शिक्षाको ज्योतिले हटाउँछौँ।

सधैँभरी हामी सब चिन्तित देशको लागि
कलम र हृदयलाई लगाऊँ देशकोलागि
आमा सम्झी यो धर्तीलाई माया पनि गर्छौं
विश्वसामु चम्किरहन ज्ञानको ज्योति छर्छौँ।

कलिलो सोचाई लिई हामी सब अध्यनमा लम्कन्छौँ
कोपिला फक्रेझैँ गरि सन्सारमा मोती झैँ चम्कन्छौँ।
हामी सबलाई राम्रो लाग्छ जूनेलीको रात
कलम कापी बोकि हिड्र्छौँ गुरुहरूको माझ।

बोलि हाम्रो कलिलै छ हात खुट्टा त्यस्तै
फक्रनलाई बाकी नै छ कोपीला जस्तै ।
विश्वको अगाडि पुग्न पाईला बेजोडले चाल्दैछौँ
ज्ञानको ज्योतिलाई अब हिर्दयदेखि नै बाल्दैछौँ।

चन्द्र सूर्य छुने लक्ष्य बोकी हामी पढछौँ
गरिब तथा दीनदुःखीको राम्रो काम गर्छौं
रोहिरहने धर्तिमाँको आँसु पुछि छाड्छौंँ
सुन्दर पार्दै यो भूमीलाई रमाइलोले नाच्छौँ।

विद्यार्थी बालक हामी उद्देश्य बलियो लिदैछौँ
यो धर्ती सुन्दर पार्न शिक्षाको बाटोमा हिड्र्दैछौँ।

सारथि बाल पत्रिका

Recent Posts

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

1 day ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

1 day ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

3 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

3 days ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

3 days ago

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

4 days ago