Categories: बाल कथा

सौगात


शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा

सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न चाहान्थिन।
हजुरबुवाले आफ्नो साथी मोहनको नाति सुरेशसँग उसको बिवाहको दिन निश्चित गरिदिए।
सुन्दरी रून्चे स्वरमा बोल्दै थिई, मलाई अझै पढ्न मन छ, म केवल सोह्र वर्षकी मात्रै भएकी छु तर उनको कुरा सुन्नेवाला त्यहाँ कोही भएनन्, आमा पनि बोलिनन्।
नयाँ घरमा आई,मुख हेर्ने कार्यक्रम बाट धेरै सौगातहरू मिल्यो तर सबैभन्दा राम्रो सौगात उनको सासुको थियो।सासुको सौगातमा बि.एस.सी.को फारम थियो।
सुन्दरीको खुसीको ठेकान रहेन। जुन कुरा आमाले बुझ्न सक्नु भएको थिएन, त्यही कुरा सासुले बुझेकोमा गर्व गर्न थालिन।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

1 hour ago

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

1 day ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

1 day ago

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

1 day ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

2 days ago

एकता

तुलसी पण्डित आमा यता हेर्नू न यी कमिलाहरूको करामत, आमाले दृष्टि पुर्याउनु भयो । त्यहाँ…

2 days ago