Categories: कविता

“बाल–अधिकार”

रमेशचन्द्र घिमिरे

हामी हाँस्छौँ, हामी गाउँछौँ, हामी अब नाच्छौँ
मान्छे नै हौँ मान्छेजस्तै रमाएर बाँच्छौँ
हामी बाँच्न हामीलाई चाहिन्छ माया–प्यार
यही माया–प्यार पाउनु हाम्रो अधिकार
बाल–अधिकार!


यी कलिला हातले साह्रो गिटी फोर्ने होइन
सुकिला यी हत्केलाले नाली सोर्ने होइन
यी हातले चिटिक्कको झोला समाउने हो
हत्केलालाई कापी–कलम–किताब थमाउने हो
किताब बोक्ने झोलामा हेरौँ प्यारो संसार
यही प्यारो संसार पाउनु हाम्रो अधिकार
बाल–अधिकार!
हामी पढ्छौँ पढेर नै अघि–अघि बढ्छौँ
अन्यायको विरुद्धमा लड्नु परे लड्छौँ
हाँस्न–खेल्न पाउनु पर्छ बोल्न पाउनु पर्छ
हामीले पनि सङ्गठन खोल्न पाउनु पर्छ
हामी उठ्न नसक्नेलाई चाहिन्छ दरो आधार
यही दरो आधार पाउनु हाम्रो अधिकार
बाल–अधिकार!

सारथि बाल पत्रिका

Recent Posts

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

2 hours ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

3 hours ago

“योगमहिमा”

योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…

3 hours ago

प्रकोप

हेमराज अधिकारी सिक्किम,भारत दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू…

1 day ago

“पढ बाबू नानी”

चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…

1 day ago

“बुझ्याै ? बाबू नानी”

फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…

1 day ago