Categories: बाल कथा

बाल जिज्ञासा!

सुरेशकुमार पाण्डे
दाङ घोराही १८

“बाबा ! हजूर आज दिनैभरी कता जानुभएको।”-राजिव घरभित्र पस्ने बित्तिकै तीन वर्षकी नानीले सोधी। “म आज कार्यक्रममा गएकोथिएं नि नानु।”-राजिवले नानीलाई आफ्नो काखमा राख्दै भन्यो। सर्मिला बढी जिज्ञासु स्वभावकी थिई। “अनि मलाई किन लानुभएन त हजूरले?”- सर्मिलाले प्रश्न राखी। “ओहो हाम्री प्यारी नानुलाई लानेभनेर सारा घरमा खोजेँ तर भेटिन त्यसैले म गएँ।”-राजिवले कारण बतायो। के कार्यक्रम थियो त ?”- “सहिद दिवस मनाउँने कार्यक्रम थियो।”- राजिवले मुस्कुराउँदै भन्यो। “हजुर झुठ बोल्नुहुन्छ!”-सर्मिलाले भित्ता तिर हेर्दै भनी। किन? तिमीलाई झुठ बोलेको जस्तो लाग्यो?”-अहिले राजुले बुझ्न खोज्यो। “हजूर आमाको तस्विर त लिएर जानु भएन नी हजूरले!”- सर्मिलाले आमाको तस्विर तिर इसारा गर्दै भनी। “छोरी हाम्रो आमालाई त सहिद भनिदैन नी।”-राजिवले भन्यो। “हजूरले त यी सबै मरेका जती सहिद हुन भन्नु भएको थियो।” उसले धर्मभक्त,गंगालाल,दशरथ चन्द,शुक्रराज शास्त्रिहरूको तस्विर तिर इसारा गर्दै भनी। “छोरी यहाँहरू स्वतन्त्रताको लागि युद्ध लडेर साहदत प्राप्त गर्नुभयो। तर हाम्रो आमा बुढी भएर आफ्नै कालले मर्नुभएको थियो।”-राजिवले सर्मिलालाई सम्झाउँदै भन्यो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

11 hours ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

12 hours ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

1 day ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

1 day ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

3 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

3 days ago