सहिदको सम्मान

शुक्रराज कुँवर
धरान १० , बलभद्र पथ

सडकको चौरास्तामा एउटा सालिक खडा थियो । उसलाई मानिसहरु चिन्दैनथे तर सहिद हो भन्दथे । त्यो सालिकको पाउ नेर एउटा चरा आएर बास बस्दथ्यो । जुनेली रात थियो । सदा झैँ चरा सालिकको पाउमा बास बसिरहेको थियो । अकस्मात उसको टाउकोमा पानीको थोपा झर्यो । पानी पर्ने मौसम त होइन भन्दै चराले टाउको झट्कार्यो तर त्यो क्रम रोकिएन । चराले यो के हुन लाग्यो भनेर टाउको यसो माथि उठायो । सालिक रोईरेको थियो । उसको आँखाबाट बरर आँशु झरिरेहेको थियो ।
चरा भुर्र उडेर सालिकको काँधमा बस्यो । के भयो ? किन रोईरहनु भएको छ । माला पनि लगाइ दिएका रहेछन्। सहिद भनेर सम्मान गरेकै रहेछन् त फेरि के मा दु:ख मनाउ हो ? चराले जिज्ञासा राख्यो ।
” त्यो सबै झारा टार्ने काम मात्र हो । म सँगसँगै मेरो विचारको पनि हत्या गरे । वर्षको एकदिन माला र अबिर लगाई दिँदैमा सहिदको सम्मान हुन्छ र ? उसको विचार र आदर्शको अनुसरण गर्नु पर्दैन ?” सालिकले दु:ख मनाउ गर्दै भन्यो ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

10 hours ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

11 hours ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

1 day ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

1 day ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

3 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

3 days ago