Categories: बाल कथा

बाल बुद्धि!

सुरेशकुमार पाण्डे
दाङ घोराही १८

“नविन बाबु सुन न! बाहिरबाट कोही आयो र मलाई सोध्यो भने बुबा घरमा हुँनुहुँदैन भन है।-तिर्थराजले सानु पाँच वर्षको बालखलाई सम्झाउँदै भने। किन बाबा ?-नविनले बुझ्न खोज्यो। आज मलाई काम गर्न मनलागेको छैन्।- तिमीले यत्ति बुझ है। तिर्थराजले भने। हस्-उसले सटिकमा आश्वासन दियो। तर बाबा हजूरले झुट बोल्नु हुँदैन भनेर पनि त भन्नुभाको छ। त्यसलाई पनि त पालन गर्नुपर्छ नि।-नविनले निन्याउरो स्वरमा भन्यो। त्यो मैले भनेको कुरा सबै ध्यानसँग अक्षरस् पालना गर्नुपर्छ।-बुझिस् ? अब मलाई एकछिन आराम गर्न देउ तिमी आफ्नो मम्मी कहाँ जाउ ।-तिर्थराजले फेरि पनि नविनलाई सम्झाउँदै भने। “एकछिन पछि “टिङ -टिङ डोर वेल बज्यो। माम्मी म जान्छु बाबाले मलाई जान भन्नु भएको छ। विनालाई जान दिएन र नविन आफैँ गयो। बाबु तिम्रो बाबा घरमा हुनुहुन्छ ? नव आगन्तुकले सोधे। हुँनुहुँदैन! नविनले सटिकमा भन्यो। कहाँ जानुभाको छ – आगन्तुकले सोधे। आफ्नो रूममा; बाबाले भन्नुभाको छ। बाहिर कोही आए भने बाबा घरमा हुँनुहुँन्न भन है भनेर भन्नु भएको छ। उहाँलाई काम गर्न मन छैन अरे।-नविनले आगन्तुक तर्फ हेर्यो र मुस्कुरायो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

22 hours ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

22 hours ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

23 hours ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

2 days ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

2 days ago