शशी अर्याल
धादिङ्, हाल -बसुन्धरा
बैशाखमा बँगैचा गइ हेरेको
थरीथरी रागका फूल फूलेका
जेठ भने कस्तो छ आगै जस्तो छ
भरोसा त्यही छातामा निकै सस्तो छ।
असारको महिना केको बयान
जानुपर्छ खेतमा जान्न नभन
साउनमा खाएको खीर क्या मीठो
जताततै हरियो भयो क्या छिटो।
असोजले मिलायो गर्मी जाडो यो
नयाँ ठाउँ खोजेर घुमौँ जस्तो भो
कार्तिकमा फूलेका मखमली झन्
दिदीभाइ मिलेर माला उनेछन्।
मंसीरमा भित्र्याको धान कस्तो छ
एकएक सुनको दाना जस्तो छ
पुष आयो घुमेर छोटो उमेर
तातो लुगा लगाइ बित्छ रमेर।
माघलाई हिउँले माया गरेर
अग्लिएछन् हिमाल हिउँ भरेर
फागुनको रौनक अझ अर्को छ
होली खेल्दै हिँड्नेको लामो लर्को छ।
चैतमास आएछ सबै पखाल्दै
पुरानोमा छानेर नयाँ अँगाल्दै
एक वर्ष यसरी बित्छ घुमेर
यसैसँग दौडने हाम्रो उमेर।
धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…
रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…