विराटनगरका ओमप्रकाश राजवंशीले स्नातक पूरा गरेर दीक्षान्त समारोहमा सहभागी हुन २५ हजार रुपैयाँ ऋण काढे। आमाको हात समातेर काठमाडौं आइपुगेका उनी त्यो दीक्षान्त मञ्चमा उभिँदा केवल प्रमाणपत्र लिइरहेका थिएनन्, उनी वर्षौँको अभाव, संघर्ष र आमाको मौन त्यागलाई सम्मान गरिरहेका थिए। त्यो खुसी आँसु, त्यो मुस्कान—सबै आमासँग साटिएको थियो। ओमप्रकाशका लागि त्यो क्षण एउटा उपलब्धिको होइन, अझ ठूलो सपना पूरा गर्ने यात्राको भावुक सुरुवात थियो।
तर यहीँबाट देशप्रति एउटा कठोर प्रश्न उठ्छ। भोलि यही देशको अवस्था यस्तै रहिरह्यो भने, के ओमप्रकाशले यही २५ हजार ऋण तिर्न खा’डीको तातो बालुवामा पसिना बगाउन बाध्य हुनुपर्ने त होइन ? के आमासँग साटिएको त्यो गर्वको क्षण, भोलि विदाइको आँ’सुमा बदलिनुपर्ने त होइन ? पढाइ सकेर पनि स्वदेशमै अवसर नपाउने, योग्य युवालाई ऋणले र बेरोजगारीले देश बाहिर धकेल्ने यो व्य’वस्थाले आखिर कहिलेसम्म सपना च’कनाचुर पारिरहने हो?
ओमप्रकाशको कथा केवल एउटा व्यक्तिको कथा होइन, यो देशका हजारौँ युवाको प्रतिनिधि कथा हो। शिक्षा ऋण होइन, भविष्यको ढोका बन्नुपर्छ। डिग्री लिएपछि विदेश जाने बाध्यता होइन, यही माटोमा संघर्षको फल पाउने वातावरण राज्यले बनाउनु पर्छ। नत्र, दीक्षान्त मञ्चमा आमासँग बाँडिएको त्यो खुसी, भोलि विमानस्थलको विदाइमा फेरि ऋण, आँसु र विवशतामा रूपान्तरण हुँदै जानेछ।
श्रोतः TKhabar को पोस्ट बाट
घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…
मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…
इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…
काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…